२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २००

एनआईसीको भिडियो केवाईसी 

काठमाडौँ — एनआईसी एसिया क्यापिटलले ‘एनआईसी एसिया अनलाइन डिम्याट सेवा’ अन्तर्गत डिम्याट खाता खोलेका ग्राहकले भिडियो केवाईसीमार्फत प्रमाणीकरण गर्न सकिने व्यवस्था सञ्चालनमा ल्याएको छ ।

भिडियो केवाईसीमार्फत विदेशमा रहेका नेपाली तथा नेपालबाटै ‘एनआईसी एसिया अनलाइन डिम्याट सेवा’मार्फत डिम्याट खाता खोली प्रमाणीकरण गर्न बाँकी रहेका ग्राहकले डिम्याट खाता खोल्दा उल्लेख गरेको इमेल ठेगानामा क्यापिटलले पठाएको लिंक क्लिक गरी उक्त इमेलमा माग गरिएबमोजिमको विवरण रीतपूर्वक भरी भिडियो केवाईसी गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

भिडियो केवाईसी गर्दा डिम्याट खातावालाको विवरण डिम्याट खाता खोल्ने समयमा उपलब्ध गराएको विवरणसँग रुजु गरेर मात्र स्वीकृत गरिने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : चैत्र १७, २०८० ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?