२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २००

होटल आइकावा अब चारतारे

काठमाडौँ — सौराहामा रहेको होटल आइकावा इन प्रालिले चारतारे होटलको मान्यता पाएको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले रत्ननगर नगरपालिका–६ मा रहेको होटल आइकावा इन प्रालिलाई पर्यटन ऐन २०३५ अनुसार चारतारे स्तरको होटलमा वर्गीकरण गरिएको होटलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

होटल आइकावा अब चारतारे

पर्यटन विभागले होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरोन्नति गरेको बताइएको हो । ‘वाग्मती प्रदेशमा सञ्चालित होटल आइकावा इनलाई पर्यटन ऐन २०३५ अनुसार चारतारा स्तरको होटलमा स्तर वर्गीकरण गरी इजाजतपत्र दिइएको छ,’ पर्यटन विभागको पत्रमा भनिएको छ ।

सञ्चालनमा आएको एक वर्षमै चारतारेको मान्यता पाउनु आफूहरूका लागि उपलब्धिपूर्ण भएको होटलका प्रबन्ध निर्देशक घनश्याम शर्मा अर्यालले जनाए ।

साउना र स्टिम बाथ आइकावाले सञ्चालनमा ल्याएको छ । यहाँ रुम गेस्टका लागि चौबीसै घण्टा नै रेस्टुरेन्ट, बार र क्याफे खुला राखिएको उनको भनाइ छ । आइकावामा डिलक्स, सुपर डिलक्स, एक्जिक्युटिभ र प्रेसिडेन्सियल सुइट गरी ४ श्रेणीका रुम छन् ।


प्रकाशित : चैत्र १७, २०८० ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?