Kantipur

Kantipur

मिति | २०७१ वैशाख ११, बिहीवार     Login | Register
विविधा»

तन्नेरी, रोजगारी र नयाँ नेपाल

माघ ४ -
झन्डै साढे पांँच फुट अग्लो २१-२२ वर्षको तन्नेरी मेरो अगाडि आयो र ङच्िच हांँसेर नमस्कार बुबा भन्यो । मैले उसलाई ठम्याउन सकिन । चिने-चिने जस्तोसम्म लाग्यो । मैले नचिनेको देखेर उसले आफ्नो थप परिचय दियो- म शिव । अनि अनायास ७-८ वर्ष अघिको ठिटो अनुहारसँंग उसको अनुहार मिलेको देखें । तिमी त धेरै अग्लो भएछौ, ठूलो पनि भएछौ भन्दै उसको घरको परिवारका सबै सदस्यको हालखबर सोधें । ऊ झन्डै दुई घन्टा बस्यो । जाने बेलामा उसले मलाई कतै काममा लगाइदिन अनुरोध गर्‍यो ।

मैले शिवलाई सम्झाएंँ- अरुको काम गरेर तिमीलाई पुग्दैन । आफ्नै काम किन गर्दैनौ ? बरु मसमेत सकेको सहयोग गरुंँला । उसले जवाफ दियो- मैले कपनमा डुनोट बनाउने कारखाना चलाएँ । तीन-चारजना कामदार पनि राखंे । हिउँंदमा त ठिकै थियो । गर्मीमा डुनोट व्यवसाय डुब्यो, भाडा तिर्नसमेत गाह्रो पर्‍यो । असी हजार रुपैयाँ नोक्सानमा परें । अनि काम छाडें र घर फकेर्ं । गाउँंमा पनि काम छैन । विद्यालयमा शिक्षक हुन पनि अब सकिंँदैन । त्यसैले तपाईंछेउ आएको ।  शिव नेपालको प्रतिनिधि पात्र हो । मबाट नोकरीको अपेक्षा गर्ने थुप्रै आफन्त, छिमेकीहरू नआएका हैनन् । तर मैले भनसुन गरेर मान्छेलाई काममा लगाइदिने कला जानिन । यो मेरो कमजोरी नै हो । तर शिवले अपेक्षा गरेको कुरा मसंँग निजी रूपमा मात्रै जोडिन्न । यो त राज्यको दायित्व र भूमिका भित्रको कुरा पो हो । समग्र राज्य यस दिशामा असफल भइरहेछ । नत्र लाखौं तन्नेरी मध्यपूर्व, मलेसिया, भारत वा अन्य गन्तव्यतिर किन लाग्नुपथ्र्यो ? किन हाम्रो अर्थतन्त्र नै यतिबेला रेमिट्यान्समा आधारित भएर टिक्नुपथ्र्यो ?

शिव फर्केकै भोलिपल्ट अखबारका दुईवटा खबरले मेरो ध्यान खिच्यो । कारोबार भन्ने पत्रिकाको २५ पुसको अंकको पृष्ठ-११ मा शीर्षक थियो- चन्दा आतंक रोक्न महासंघको माग । पेटबोलीमा लेखिएको थियो- 'नेपाल उद्योग वाणिज्य महासंघले महाधिवेशनका नाममा राजनीतिक दलहरूबाट चन्दाका लागि दबाब बढेको भन्दै यथाशीघ्र रोक्न माग गरेको छ ।' त्यस्तै अर्को दैनिकमा सोही दिन जबर्जस्ती चन्दा माग्दै दुई माओवादी भन्ने शीर्षकमा व्यवसायअनुसारै ५ देखि २५ लाख रुपैयाँसम्म माग गरिएको जनाइएको छ । अनि मलाई लाग्यो-  रोजगारी बढाउने रोजगारदाताहरू चन्दा आतंकले पीडित छन् । श्रम सम्बन्धी समस्याबाट पनि उत्तिकै आहत छन् । राजस्व असुली पनि पारदर्शी छैन । आफ्नो उद्योग-व्यवसायलाई बढाउन दत्तचित्त हुनुपर्ने उद्योगी-व्यवसायीहरू राजनीतिकर्मी-नोकरशाही तथा आफ्नै मजदुर सबैबाट पीडित छन् । राज्यका तर्फबाट आधारभूत संरचनासम्म निर्माण गरिएको छैन । उद्योग-व्यवसायलाई आवश्यक पर्ने विद्युत, सडकजस्ता आधारभूत आवश्यकता उपलव्ध गराउनसकेको छैन । कृषिमा आधारित ठूलो जनसंख्या छ भन्ने जानकारी हुंँदाहुंँदै एघारौ योजना समाप्त हँुंदा पनि सिंचाइ, रासायनिक मल, असल वीउविजन र दक्ष प्राविधिक सहयोगको अभाव खट्केको-खट्क्यै छ । भर्खरै आएको सूचनाअनुसार कृषि क्षेत्रमा बिमालाई प्रवेश गराउन खोजिंँदैछ । त्यसको पनि कति भर मान्ने ? यी सब कुराको पृष्ठभूमिमा रोजगारीलाई हेर्नुपर्ने हुनआउंँछ ।

अमेरिका वा जुनसुकै विकसित मुलुकमा पहिलो चर्चा हुने कुरा नै आर्थिक, त्यसमा पनि रोजगारी हो । प्रत्येक महिना यति लाख व्यक्तिले थप रोजगारी पाए वा यति प्रतिशतले बेरोजगारी घट्यो-बढ्योे भन्ने समाचार विकसित मुलुकमा पढ्न, देख्न, सुन्न पाइन्छ । त्यसका लागि सरकारबाट भएका प्रयत्नहरू जनतासमक्ष सम्प्रेषण गरिन्छ ।

त्यसको ठीक विपरीत नेपालको बहसलाई हेरौं । 'नयाँ नेपाल' बनाउने योजना छ । नयांँ नेपाल भनेको के हो ? त्यो संघीय नेपाल हुनेछ- ठीक । त्यो गणतन्त्र नेपाल भइसक्यो- त्यो पनि ठीक । यो समावेशी हुनुपर्छ- त्यो पनि ठीक । यो धर्मनिरपेक्ष हुनुपर्छ- झन् ठीक । यो लोकतान्त्रिक हुनुपर्छ- त्यो पनि ठीक । अनि बेठीक के त ? बेठीक के हो भने नयांँ नेपालमा अनुशासन आवश्यक छैन । यहाँं लोकतन्त्र चाहिन्छ, तर उत्तरदायी शासन व्यवस्था आवश्यक छैन । गणतन्त्र भइसक्यो- तर खास वर्ग वा तप्का कानुनमाथि हुनु पाउनुपर्छ । संघीयतामा जानुपर्छ- तर आम नागरिकमा अधिकार पुग्नेगरी हैन । आम जनतालाई केन्द्रविन्दु बनाएर संघीयतासम्बन्धी सवाल सम्बोधन गरिनुहुन्न । निर्वाचन हुनुपर्छ- तर आफूले जित्ने सर्तमा मात्र ।

सबैभन्दा महत्त्वपूर्ण कुरा खेलको नियम पालना गर्न कोही तयार छैनन् । नेपालको एउटा स्थापित व्यापारिक घरानाको मूल व्यक्तिले मसंँग भनेको कुरा यहांँ प्र्रासंगिक हुनआउंँछ । उनको भनाइको सार थियो- यतिन्जेल नेपाल नै भनेर बस्यौं, तर अब अति भयो । यहांँ काम गर्दा इज्जतलाई दाउमा लगाउनुपर्ने भयो । उनले आफ्नो पहिचानलाई समेत इंगित गर्दै भने- जति पुस्ता यहांँ बसे पनि यो ठाउंँको नहुने भएपछि र कदम-कदममा बेइज्जती सहनुपर्ने भएपछि किन काम गर्ने ? त्यसको केहीपछि प्रशस्त फाइदामा रहेका उनको परिवारको नियन्त्रणको उद्योग बिक्रीमा गएको देख्न, सुन्न पाइयो ।

विश्वलाई नै अहिले गाउँं भन्न थालियो । सञ्चार प्रविधिमा आएको विकासको तीव्रताले हरेक क्षेत्रलाई राम्ररी प्रभावित पारेको छ । आर्थिक क्षेत्र झन् यसबाट अलग्गिने कुरा आएन । कम्प्युटरको एउटा माउसमा क्लिक गर्ने बित्तिकै संसारको एक कुनाबाट अर्को कुनामा सेकेन्ड भरमा रकम -जतिसुकै परिमाणमा होस्) स्थानान्तरित हुन्छ । विश्व अर्थव्यवस्थामा गाँसिनासाथ नेपालले पछ्याउने बाटो यही नै हो । सम्भावना देखाउन सकियो भने मुलुकभित्रको पुँजीमात्रै हैन, विश्व बजारबाट नै पुँजी आकषिर्त गर्न सकिन्छ । अन्यथा पुँजी पलायनलाई रोक्न कसैगरे सकिंँदैन ।

जति उद्योग-व्यवसाय फस्टायो, उति नै रोजगारी बढ्ने कुरामा विमति हुनसक्तैन । तर उद्योग-व्यवसाय फस्टाउन विधिको शासन र भविष्यप्रतिको विश्वसनीयता कायम राख्न आवश्यक पर्छ । नेताहरूले आशा, विश्वास जगाउनुपर्छ । सरकारका कामकारबाही पारदर्शी हुनुपर्छ । तर नयांँ नेपालमा के भइरहेछ ?

सबैलाई थाहा छ, सूर्य नेपाल भन्ने तयारी पोसाक बनाउने उद्योग त्यसका मजदुर नेताको हठले बन्द भयो । त्यस उद्योगमा उल्लेख्य संख्यामा कामदार काम गर्थे, तिनले पाउने ज्याला पनि अरुको तुलनामा राम्रो थियो । मजदुरको हकहित संरक्षण गर्ने नाममा अवाञ्छित हडताल गरियो- उद्योग बन्द भयो । ट्रेड युनियनका नेताहरूले आफ्नो पद गुमाउनुपरेन, गुमाए कसैले भने मजदुरहरूले गुमाए । त्यस्तै अर्को घटना वैशाली होटलले बेहोर्नुपर्‍यो । हडतालका कारण वैशाली होटल बन्द गर्ने निर्णयमा पुग्यो, व्यवस्थापन । पछि मजदुर संगठनले निहुरिन स्विकार गरेपछि मात्र वैशाली होटल चल्यो । काम गर्नेको रोजगारी गुमेन । तर सूर्य नेपालको हकमा त्यसो हुन पनि ढिलो भइसकेको थियो ।

नेपालमा अहिले एकजना व्यवसायीले तीन तहमा रकम तिर्नुपर्छ । राजस्वको रकम कानुनअनुसार बुझाउनैपर्‍यो । दोस्रो माथि भनिएकै चन्दाको नामबाट असुली हुने गर्छ । चन्दा पनि राजीखुसीको सीमित अंकमा हैन, चन्दा माग्नेको धम्की मिश्रति तोकिएको अंकमा बुझाउनुपर्ने । तेस्रो आयाम पनि थपिएको छ, अचेल दादाहरूलाई बुझाउनुपर्ने रकमको । हालसालै धुम्बाराहीको एउटा फ्ल्याट किनेर घर सर्न खोज्ने ग्राहकलाई दादाले रकम नपाएको बखेडामा लामो समय आफ्नो सम्पत्ति भोग गर्न नपाएको गुनासो पोखे । ग्राहकले आफू जुधेको कुरा सुनाए र भने पुरा रकम चुक्ता गरेर घर छिर्न खोज्दा पाएको हैरानी कल्पना गर्न नसकिनेछ । के प्रत्येकले यस्तै दुःख पाउँछन् ? मैले सोधें । उनले भने-  अपार्टमेन्ट विकास गर्ने कम्पनीले नै अरुका हकमा दाता व्यवस्थापन गरेको हुंँदोरैछ, तर मेरो हकमा किन हो, म आफैले बेहोर्नुपर्‍यो ।

अनि म सोच्न बाध्य भएँ- दोष दादाको हैन, दोष चन्दा माग्न धम्काउने कार्यकर्ताको पनि हैन, दोष राज्यव्यवस्थामा रहेको दण्डहीनताको हो । अनुत्तरदायी सरकार सञ्चालकको हो । यो क्रम चलिरहंँदा ठिटो शिव तन्नेरीपछि अर्कोपटक मेरा छेउमा आउंँदा दात खसिसकेको हुनेछ र भन्नेछ- बुबा, मेरो भाग्यै यस्तो । किनकि हरेश खाएको नेपालीले आज आफ्नै भाग्यलाई दोष दिनुको विकल्प नदेखेझंै शिवले पनि पुर्खाकै अज्ञानको बिँंडो समात्नेछ ।

 


प्रकाशित मिति: २०६९ माघ ५ ०८:५७

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-24
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अबिन

काम्रेड नेपाल, नेता नेपाल, पुरानै नेपाल... यतिका शब्द हुँदाहुँदै जान्ने भ’र ह्याँ किन 'नयाँ नेपाल’ राख्नु भा’ ?

विज्ञापन

Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication