भारतले गण्डक नहरमा पानी बन्द गर्दा विद्युत् उत्पादन ठप्प
भारतले गण्डक नहरमा पानी बन्द गरेपछि पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन बन्द भएको छ ।नहर सरसफाई र मर्मतका लागि भन्दै कार्तिक र चैतमा पानी बन्द गर्ने नियमित प्रक्रिया भएपनि यस वर्षबिना जानकारी नहरमा भारतीय पक्षले पानी बन्द गरेको हो ।