२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२८

श्रमिकको न्यूनतम पारिश्रमिक बृद्धि गर्न पहल गर्छौं : प्रधानमन्त्री 

प्रधानमन्त्री पुष्पकमल दाहालले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारले गम्भीर पहल गर्ने बताएका छन् ।

नारायणगढ–बुटवल सडक : पाँच वर्षमा ५० प्रतिशत काम पूरा

विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । बयालीस महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले ६३ महिनामा ५० प्रतिशत काम पूरा गरेको छ ।

जाजरकोट भूकम्प : लयमा फर्कँदै 'इपिसेन्टर'

गत कार्तिक १७ गते मध्यरातमा गएको भूकम्पको केन्द्रबिन्दु जाजरकोटको फुलबारी लेकै मुन्तिरको रमाइलो सुन्दर मगरबस्ती सिर्पाचौरमा पुन र घर्ती समुदायको १ सय ९० घरधुरी छ । अहिले सिर्पाचौरका खेतबारी जौ र गहुँ पाकेर पहेँलपुर छ ।

महादेवाका अग्निपीडित भन्छन्- के खाने, के लाउने र कहाँ बस्ने ?

सप्तरीको महादेवा गाउँपालिका-१ चिमटीका अग्निपीडितहरूको बिजोग भएको छ । मंगलबार दिउँसो आगो लागेर यहाँका ६२ परिवारको एक सय २० घरगोठ जलेर नष्ट भएको अहिलेसम्मको तथ्यांक छ ।

श्रमिकका समस्या, गुनासो र जिज्ञासा समाधानका लागि 'श्रमाधान सेवा' सुरु 

श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले 'श्रमाधान सेवा'को सुरुवात गरेको छ । बुधबार १३५ औं विश्व मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधान गर्ने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालले 'श्रमाधान सेवा'को सुरुवात गरेको हो ।

समाचार सामग्री बिनाअनुमति प्रयोग गरेको भन्दै ८ मिडिया संस्थाले हाले ओपन एआईलाई मुद्दा 

अमेरिकाका ८ वटा विभिन्न सञ्चार संस्थाहरूले ओपनएआईको लार्ज ल्याङ्ग्वेज मोडल ट्रेनिङमा आफ्ना सामाग्री बिनाअनुमति प्रयोग गरिएको भन्दै न्युयोर्कको एक अदालतमा मुद्दा दायर गरेका छन् । न्युयोर्क डेली न्युज, सिकागो ट्रिब्युन, ओर्लान्डो सेन्टिनेल, सान होजे मर्करी न्युज लगायतका सञ्चार संस्थाहरूले ओपनएआई र माइक्रोसफ्टलाई विपक्षी बनाई दाखिला गरेको उक्त मुद्दामा आफूहरूले स्रोत, साधन र मेहेनत लगाएर बनाएका सञ्चार सामग्रीहरू बिनाअनुमती वा क्षतिपूर्ति दुरूपयोग गरिएको आरोप लगाएका छन् ।

'चीनले नेपालमा स्थिरता र कम्युनिस्ट पार्टीहरूबीच सहकार्य होस् भन्ने चाहना राखेको छ'

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले उत्तरी छिमेकी चीनले नेपालमा राजनीतिक स्थिरता र कम्युनिस्ट पार्टीहरूबीच सहकार्यको चाहना राखेको बताएका छन् ।

मनाइयो 'मे' दिवस [तस्बिरहरु]

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ । विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छन् । नेपालमा मजदुरहरुको अधिकार सुनिश्चित गर्न माग गर्दै विभिन्न सचेतनामूलक कार्यक्रमसहित 'मे' दिवस मनाइदैछ ।

डढेलोले जलेर मृत्यु भएका शंकर र रमेशको परिवारलाई नगरपालिकाले ५-५ लाख रुपैयाँ दिने

गोदावरी नगरपालिकाले बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउन जानेक्रममा घाइते भएर उपचारको  क्रममा मृत्यु भएका रमेश पहरी र शंकर पहरीका परिवारलाई ५-५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

सहमति कार्यान्वयन नगरेको भन्दै भण्डारीले थाले अनशन

अपांगता भएकालाई सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा निःशुल्क उपलब्ध गराउने सहमति कार्यान्वयन नगरेको भन्दै तनहुँका दीपक भण्डारीले अनशन थालेका छन् । आफू र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबीच भएको सम्झौता एक महिनाभन्दा बढी समय बितिसक्दा पनि कार्यान्वयनमा नआएको भन्दै उनी मंगलबारदेखि काठमाडौंमा अनशन बसेका हुन् ।

सुशासन कायम गर्न गैरकानूनी कारोबारहरुलाई बन्द गर्नुपर्छ : उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशमा सुशासन कायम गर्नका लागि गैरकानूनी कारोबारहरुलाई बन्द गर्नुपर्ने बताएका छन् । बुधवार १३५ औँ मे दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले देशमा सुशासन कायम गर्न गैरकानूनी कारोबारहरुलाई बन्द गर्नुपर्ने बताए । 

जीविकोपार्जनका लागि बालुवाको भर

शारदा नगरपालिका-१ शान्तिनगरका दिर्घ वादी उमेरले ४९ वसन्त पार गरिसकेका छन् । उनको शारीरिक अवस्था कमजोर छ । तर पनि उनी बिहानैदेखि बेलुकीसम्म घर नजिकैको शारदा नदीको किनारमा बालुवा चाल्न पुग्छन् ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा चितुवाबारे अध्ययन गर्न क्यामेरा ट्य्राप जडान 

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा चितुवाको अनुसन्धान गर्न क्यामेरा ट्य्राप जडान सुरु भएको छ।  त्रिभुवन विश्वबिद्यालय, प्राणी शास्त्र केन्द्रीय विभागमा विद्यावारिधि गरिरहेका शोधार्थी तिलक थापा मगरले चितुवाको संख्या र तिनीहरुको गतिविधिबारे अनुसन्धान गर्न क्यामेरा ट्य्राप प्रविधिको प्रयोग गर्न लागेका हुन् । 

सरकारले सबै श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्नुपर्छ : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन् । 

अबको दशक आन्तरिक रोजगारीको दशक हुनेछ : मन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले अबको दशक आन्तरिक रोजगारीको दशक हुने बताएका छन् । बुधवार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा भएको कार्यक्रममा उनले आन्तरिक रोजगारी सिर्जना गर्न र देशभित्रै रोजगारी स्थापना गर्नका लागि साना-साना व्यवसायहरुमा पनि जोड दिन आवश्यक रहेको बताए ।

व्यापार-व्यवसाय फस्टाएमात्र श्रमअधिकार स्थापित हुन्छ : मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्योग तथा व्यापार व्यवसाय फस्टाएमात्र रोजगारीप्राप्ति र श्रम अधिकार स्थापित हुने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकी प्रदेशले बुधबार पोखरामा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री अधिकारीले श्रम ऐनका अधिकार स्थापित गर्न सरकार, रोजगारदाता र श्रमिक मिलेर अगाडि बढ्नुपर्ने बताए । 

प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा सञ्चालन भएको ‘१९औँ हेड अफ एनसिबी कन्फरेन्स’मा नेपालका तर्फबाट सहभागी भई बुधबार स्वदेश फर्किएका छन् ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
पहिचान पक्षधरले संगठनले भने : जनमतलाई सामाजिक राजनीतिक पुँजीमा रूपान्तरण गर्छौं  

पहिचान पक्षधरले संगठनले भने : जनमतलाई सामाजिक राजनीतिक पुँजीमा रूपान्तरण गर्छौं  

लक्ष्मी गौतम

पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन ।

इलाममा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते 

इलाममा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते 

लक्ष्मी गौतम

मेची राजमार्गको चारआली-इलाम सडक खण्ड अन्तर्गत रोङ गाउँपालिका-४ बाघखोरमा मारुती भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

करिब ३८ लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद

करिब ३८ लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद

कान्तिपुर संवाददाता

भारतबाट तस्करी गरेर भित्र्याइएको करिब ३८ लाख मूल्यको तयारी कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

कान्तिपुरकर्मी अधिकारी पुरस्कृत

कान्तिपुरकर्मी अधिकारी पुरस्कृत

कान्तिपुर संवाददाता

नेपाल पत्रकार महासंघ धनकुटा शाखाले प्रदान गर्ने टेकमुना क्रियाशील पत्रकारिता पुरस्कारबाट धनकुटास्थित कान्तिपुरकर्मी रमेशचन्द्र अधिकारी सम्मानित भएका छन् ।

सुहाङलाई निर्वाचित भएको प्रमाणपत्र

सुहाङलाई निर्वाचित भएको प्रमाणपत्र

लक्ष्मी गौतम, पर्वत पोर्तेल

मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलामबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद सुहाङ नेम्वाङलाई प्रमाण दिएको छ ।

 मिलनले दिए सुहाङलाई बधाई 

 मिलनले दिए सुहाङलाई बधाई 

लक्ष्मी गौतम, पर्वत पोर्तेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट इलाम-२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका उम्मेदवार मिलन योङहाङ लिम्बुले निर्वाचित सांसद सुहाङ नेम्बाङलाई भेटेर बधाईसँगै शुभकामना दिएका छन् ।

कोशी बाट थप
वीरगञ्जमा नक्कली नेपाली रुपैयाँसहित दुईजना पक्राउ

वीरगञ्जमा नक्कली नेपाली रुपैयाँसहित दुईजना पक्राउ

भूषण यादव

प्रहरीले नक्कली नेपाली रुपैयाँसहित एकजना भारतीयसहित दुईजनालाई वीरगञ्जमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सोमबार साँझ विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताको टोलीले वीरगञ्ज महानगरपालिका– ९ घन्टाघर अगाडिको सडकमा पैदल हिँडिरहेका दुईजनालाई जाँच गर्दा एक लाख २३ हजार रुपैयाँ नक्कली नोट बरामद भएको हो । 

महादेवाको आगो निभाउन सेना र सशस्त्र प्रहरी खटाइयो

महादेवाको आगो निभाउन सेना र सशस्त्र प्रहरी खटाइयो

अवधेशकुमार झा

सप्तरीको महादेवा गाउँपालिका-१ को बस्तीमा लागेको भीषण आगो निभाउन नेपाली सेना र सशस्त्र प्रहरीसमेत खटाइएको छ । 

नबिल बैंकबाट १ करोड ३४ लाख रुपैयाँ चोरी

नबिल बैंकबाट १ करोड ३४ लाख रुपैयाँ चोरी

भूषण यादव

नबिल बैंकको वीरगन्जको बाइपास रोडमा रहेको शाखाबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको छ । बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ ।

प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका बब्लु पासवान पक्राउ

प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका बब्लु पासवान पक्राउ

भूषण यादव

विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेका भारतीय नागरिक बब्लु पासवानलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । हत्या, अपहरण, हातहतियार र लागूऔषधको कारोबारमा संलग्न रहेका पासवानलाई प्रहरीले सर्वाधिक खोजीको सूचीमा खोजी गरिरहेको थियो । पासवानलाई प्रहरीले वीरगन्जमा पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । 

वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड

वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड

भूषण यादव

कक्षा १२ को जारी परीक्षामा पर्यवेक्षकहरुले अमर्यादित व्यवहार गरेको भन्दै परीक्षार्थीहरुले आइतबार वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो । 

रौतहटमा गाँजासहित दम्पती पक्राउ

रौतहटमा गाँजासहित दम्पती पक्राउ

शिव पुरी

रौतहटको कटहरिया नगरपालिकाबाट प्रहरीले शनिबार लागूऔषध गाँजासहित दम्पतीलाई पक्राउ गरेको छ ।

मधेस बाट थप
नगर अस्पताल डाक्टरविहीन, रित्तै फर्कन्छन् बिरामी

नगर अस्पताल डाक्टरविहीन, रित्तै फर्कन्छन् बिरामी

अनिश तिवारी

बाह्रबिसे नगरपालिका–९ राम्चेस्थित बाह्रबिसे नगर अस्पताल डाक्टरविहीन बनेपछि उपचारर्थ पुगेका बिरामी रित्तै फर्कन थालेका छन् । १३ दिनदेखि अस्पतालमा डाक्टर नभएपछि उपचारको लागि मेडिकलकै भर पर्नुपर्दा स्थानीय निराश छन् । 

आगलागीमा १५ घर जल्यो, २ करोड रुपैयाँभन्दा बढीको क्षति 

आगलागीमा १५ घर जल्यो, २ करोड रुपैयाँभन्दा बढीको क्षति 

ज्योती श्रेष्ठ

जिल्लाको रोशी गाउँपालिका-४ स्थित महादेव सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा १५ वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बागमती प्रदेशसभा सचिवालयद्वारा वैशाख २१ गते सर्वदलीय बैठक आह्वान

बागमती प्रदेशसभा सचिवालयद्वारा वैशाख २१ गते सर्वदलीय बैठक आह्वान

कान्तिपुर संवाददाता

बागमती प्रदेशसभा सचिवालयले यही वैशाख २१ गते दिउँसो १ बजे सर्वदलीय बैठक आह्वान गरेको छ ।

बैंकिङ कसुरमा फरार वडाध्यक्ष पक्राउ 

बैंकिङ कसुरमा फरार वडाध्यक्ष पक्राउ 

कान्तिपुर संवाददाता

बैंकिङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका ७ याङ्लाकोटका वडाध्यक्ष रवि तामाङलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ । 

२१७ क्युफिट काठसहित टिपर  र चालक नियन्त्रणमा 

२१७ क्युफिट काठसहित टिपर  र चालक नियन्त्रणमा 

प्रताप विष्ट

अवैध ढंगले कटान गरी चिरान गरेको सालको काठसहित टिपर र चालकलाई प्रहरीले शनिबार राति नियन्त्रणमा लिएको छ ।

विद्यार्थीलाई पोसाक वितरण 

विद्यार्थीलाई पोसाक वितरण 

कान्तिपुर संवाददाता

जिल्लाको बनेपा नगरपालिका ६ मा रहेको भक्तेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । 

वाग्मती बाट थप
मनाङमा लेक लागेर बिरामी भएका २ जनाको उद्धार

मनाङमा लेक लागेर बिरामी भएका २ जनाको उद्धार

आश गुरुङ

हिमाली जिल्ला मनाङमा लेक लागेर बिरामी भएका २ जनालाई मनाङ प्रहरीले उद्धार गरेको छ । लमजुङको दूधपोखरी गाउँपालिका १, गैरीगाउँ घर भएका अन्दाजी १९ वर्षका कोप्रसाद गुरुङ र झापाको बिर्तामोड नगरपालिका ५ घर भएका अन्दाजी ३३ वर्षीय ईन्जिनियर पदम अधिकारीलाई उद्धार गरिएको हो ।

मैयुम गाउँका दैलोमै खानेपानी

मैयुम गाउँका दैलोमै खानेपानी

आश गुरुङ

नजिकै पुमाखोलाबाट बग्ने पानीको साहराले बाँचेका बेंसीसहर नगरपालिका-७ मैयुम गाउँमा ३ दशकअघि सामूहिक खानेपानी योजना बन्यो ।

छिपछिपे सहकारीको अनुसन्धान अन्तिम चरणमा  

छिपछिपे सहकारीको अनुसन्धान अन्तिम चरणमा  

नारायण शर्मा

संचालक समिति र कर्मचारीको मिलोमतोमा बचतकर्ताको ११ करोड भन्दा बढी रकम हिनामिना भएको छिपछिपे उपभोक्ता सहकारी संस्थाका पीडितको उजुरीको आधारमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले हिनामिना गर्ने बिरुद्ध मुद्दा चलाउने भएको छ ।

लमजुङमा बन्दुकको गोली लागेर एकजना घाइते

लमजुङमा बन्दुकको गोली लागेर एकजना घाइते

आश गुरुङ

बन्दुकको गोली लागेर लमजुङको मर्स्याङ्दी गाउँपालिका-३, जिम्दोका ५३ वर्षीय आइतमान तामाङ घाइते भएका छन् । गाउँ माथिको लेकमा छोडेको भैंसीलाई नुनपानी दिन जाने क्रममा सिजे जंगलमा अचानक गोली लागेर घाइते भएको तामाङलाई उद्दृत गर्दै प्रहरीले बताएको छ ।

चौपाया हत्याको आरोपमा तीन जना पक्राउ

चौपाया हत्याको आरोपमा तीन जना पक्राउ

आश गुरुङ

चौपाया हत्याको आरोपमा मनाङमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ङिस्याङ गाउँपालिका-६, माथिल्लो मनाङ गाउँबाट उनीहरुलाई पक्राउ गरिएको मनाङ प्रहरीले जनाएको छ । 

कक्षा-१२ को प्रश्नपत्र सार्वजनिक गर्ने दुई जना पक्राउ 

कक्षा-१२ को प्रश्नपत्र सार्वजनिक गर्ने दुई जना पक्राउ 

प्रतीक्षा काफ्ले

कक्षा-१२ को परीक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

गण्डकी बाट थप
कपिलवस्तुको वाणगंगामा श्रीमान्-श्रीमती मृत फेला 

कपिलवस्तुको वाणगंगामा श्रीमान्-श्रीमती मृत फेला 

मनोज पौडेल

वाणगंगा नगरपालिका वडा नम्बर–८ ढोडेकोलमा श्रीमान्–श्रीमती मृत फेला परेका छन् । बुधबार बिहान साढे ८ बजेतिर उनी मृत फेला परेका थिए ।  ६० वर्षका श्रीमान् टेकलाल भुसाल र ५५ वर्षकी श्रीमती जुठी भुसाल घरभित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

नवनिर्मित भवन हस्तान्तरण नहुँदा भीम अस्पतालको उपचार सेवा प्रभावित 

नवनिर्मित भवन हस्तान्तरण नहुँदा भीम अस्पतालको उपचार सेवा प्रभावित 

माधव ढुंगाना

बिरामीको चापलाई व्यवस्थित गर्दै उपचार सेवा विस्तार गर्न भैरहवास्थित भीम अस्पतालमा निर्माण गरिएको आधुनिक प्रसूति गृह भवन अस्पताललाई हस्तान्तरण नहुँदा उपचार सेवा प्रभावित हुन थालेको छ । 

नक्कली लाइसेन्स प्रकरणमा बुटवलका दुई कर्मचारीमाथि अनुसन्धान सुरु

नक्कली लाइसेन्स प्रकरणमा बुटवलका दुई कर्मचारीमाथि अनुसन्धान सुरु

घनश्याम गौतम

नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणमा पक्राउ परेका बुटवलका दुई कर्मचारी माथि अनुसन्धान सुरु भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली लाइसेन्स प्रकरणमा अहिलेसम्म तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

बर्दियामा बाघको आक्रमणबाट एक जना घाइते

बर्दियामा बाघको आक्रमणबाट एक जना घाइते

कमल पन्थी

बारबर्दिया नगरपालिका–१ स्थित बूढीखोलामा राँगालाई आहालमा लगेका बेला बाघले आक्रमण गर्दा एक जना घाइते भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भएको बाघको आक्रमणमा सोही ठाउँका ३८ वर्षीय राजकुमार थारु घाइते भएका हुन् ।

डढेलोका कारण पाल्पामा तीन घर जलेर नष्ट

डढेलोका कारण पाल्पामा तीन घर जलेर नष्ट

माधव अर्याल

पाल्पाको रैनादेवी छहरा–४, छहराको सल्लीधारा, तिन्धारे, नाङ्गे र सुकादह क्षेत्रको जंगलमा लागेको भीषण डढेलोले बस्तीलाई घेरेपछि तीन घर र तीन गोठ जलेको छ । सल्लाको जंगलमा डढेलो सोमबार दिउँसो आगलागी भएको थियो ।

घरमा आगलागी हुँदा चार वर्षीया बालिकाको मृत्यु

घरमा आगलागी हुँदा चार वर्षीया बालिकाको मृत्यु

वीरेन्द्र केसी

भुमिकास्थान नगरपालिका-५ असुरकाेटकाे कुडेपानी गाउँकाे घरमा आगलागी हुँदा घरभित्र रहेकी चार वर्षीया बालिका अप्सरा विककाे जलेर मृत्यु भएको छ। 

लुम्बिनी बाट थप
जीविकोपार्जनका लागि बालुवाको भर

जीविकोपार्जनका लागि बालुवाको भर

विप्लव महर्जन

शारदा नगरपालिका-१ शान्तिनगरका दिर्घ वादी उमेरले ४९ वसन्त पार गरिसकेका छन् । उनको शारीरिक अवस्था कमजोर छ । तर पनि उनी बिहानैदेखि बेलुकीसम्म घर नजिकैको शारदा नदीको किनारमा बालुवा चाल्न पुग्छन् ।

मुख्यमन्त्री नियुक्तिको ३ सातापछि कर्णालीमा मन्त्रिमण्डल विस्तार

मुख्यमन्त्री नियुक्तिको ३ सातापछि कर्णालीमा मन्त्रिमण्डल विस्तार

कृष्णप्रसाद गौतम

एमालेका यामलाल कँडेल मुख्यमन्त्री नियुक्त भएको २२ दिनपछि कर्णालीमा मन्त्रिपरिषद् विस्तार भएको छ । मंगलबार उनले एमालेबाट २ मन्त्री र एक राज्यमन्त्री तथा माओवादीका ४ मन्त्री नियुक्त गरेका हुन् । गत चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका उनले गत बिहीबार विश्वासको मत लिएका थिए ।

कर्णाली मन्त्रिपरिषद् विस्तार, मन्त्रीले लिए सपथ

कर्णाली मन्त्रिपरिषद् विस्तार, मन्त्रीले लिए सपथ

तृप्ति शाही

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । कँडेलको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले मन्त्रीहरूको नियुक्तिपछि शपथग्रहण गराएका छन् ।

मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 

मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 

महेश केसी

त्रिवेणी गाउँपालिका-२ सिम्रुत बजारमा ट्रकले ठक्कर दिदाँ मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान भएको यो दुर्घटनामा परी त्रिवेणी-४ खाराका जयबहादुर गिरीको ज्यान भएको हो । 

सातुसामल बोकेर यार्सा टिप्न पाटनतिर

सातुसामल बोकेर यार्सा टिप्न पाटनतिर

डीबी बुढा

बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि युवाहरु पाटनतिर हिँडेपछि जुम्लाका अधिकांश बस्ती सुनसान बनेका छन् । जिल्लाको पातारासी, गुठिचौर, कनकासुन्दरी, सिंजा र तिला गाउँपालिका क्षेत्रका युवा मुगु र डोल्पाका पाटनतिर जान सुरु गरेका छन् । झण्डै दुई महिनाका लागि आढ्नेओछ्याउने, दालचामल, नूनतेलसहित सातुसामल बोकेर स्थानीय पाटन उक्लिरहेका हुन् ।

गमगढी-नाग्मा सडक : ट्र्याक खोलेकै १२ वर्ष बित्यो, सरकारले दिएन कालोपत्रे गर्ने बजेट

गमगढी-नाग्मा सडक : ट्र्याक खोलेकै १२ वर्ष बित्यो, सरकारले दिएन कालोपत्रे गर्ने बजेट

राजबहादुर शाही

सदरमुकाम जोड्ने कर्णाली राजमार्ग अन्तर्गत गमगढी-नाग्मा सडकको ट्र्याक ओपन कार्य पूरा भएको करिब १२ वर्ष बितिसकेको छ । तर यो सडक कहिले कालोपत्रे हुने भन्ने अझै टुंगो छैन । सो सडकको साढे ६ किमि सडक कालोपत्रे गर्ने काम ठेक्का लागेपनि बाँकी ८७ किमि सडक भने स्तरोन्नति र कालोपत्रे भइहाल्ने संकेत छैन ।

कर्णाली बाट थप
सात लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद

सात लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद

भवानी भट्ट

कञ्चनपुरको महेन्द्रनगर र दोधारा चाँदनी क्षेत्रबाट ७ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद भएको छ । 

५ सय ६३ बिघाको अतिक्रमित \'पुरैना ताल\' पुरानै अवस्थामा फर्काइँदै 

५ सय ६३ बिघाको अतिक्रमित 'पुरैना ताल' पुरानै अवस्थामा फर्काइँदै 

अर्जुन शाह

जिल्ला प्रशासन कार्यालय कैलालीले भजनी नगरपालिका-७ लालबोझीमा रहेको पुरैना ताललाई अतिक्रमणमूक्त गर्दै पहिलाकै स्वरुपमा फर्काउने कार्य सुरु गरेको छ । अतिक्रमण हटाउन आठ वटा एक्स्काभेटर र जेसिभी प्रयोग गरिएको छ । 

रञ्जिता श्रेष्ठ पक्षधर सांसद थापा मन्त्री नियुक्त  

रञ्जिता श्रेष्ठ पक्षधर सांसद थापा मन्त्री नियुक्त  

अर्जुन शाह

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापालाई मन्त्री नियुक्त गरेका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी थापालाई प्रदेश प्रमुख नजिर मियाले मंगलबार पद तथा गोपनीयताको शपथ गराएका छन् । 

सुदूरपश्चिममा सरकार बनाउने कांग्रेसको प्रयासमा धक्का

सुदूरपश्चिममा सरकार बनाउने कांग्रेसको प्रयासमा धक्का

कान्तिपुर संवाददाता

बझाङ–१ (१) को उपनिर्वाचनमा एमालेका दमनबहादुर भण्डारी शनिबार निर्वाचित भएसँगै सुदूरपश्चिम प्रदेश सरकार गठनको गणितीय खेल झनै रोचक मोडमा पुगेको छ । २०७९ को निर्वाचनपछि यस प्रदेशसभामा कांग्रेस सांसदको संख्या १९ थियो । कांग्रेसकै सांसद पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी निधन भएपछिको उपनिर्वाचनमा कांग्रेसले उक्त सिट गुमायो भने एमालेले जित निकाल्दै एक सिट थप्यो । 

भारतबाट फर्किरहेका दम्पती बेहोस बनाइ लुटिए

भारतबाट फर्किरहेका दम्पती बेहोस बनाइ लुटिए

भवानी भट्ट

भारतबाट मजदुरी गरेर घर फर्किन लागेका एक दम्पती बाटोमै लुटिएका छन् । पञ्जाबबाट घर फर्किरहेका दम्पतीलाई सोमबार बिहान भारतको बनबासादेखि गड्डाचौकी आउने क्रममा नशालु पदार्थ खुवाएर बेहोर बनाई लुटिएका हुन् ।

भण्डारीको विजय : सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई लाभ

भण्डारीको विजय : सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई लाभ

वसन्तप्रताप सिंह

बझाङ प्रदेशसभा-१ मा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ मतले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् । २०७९ को चुनावमा कांग्रेसले जितेको स्थानमा विजय हासिल गर्दा सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई एक सिट लाभ भएको छ । सुदूरपश्चिममा एमालेका अब ११ सांसद हुनेछन्

सुदूरपश्चिम बाट थप

अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेका छन् : अर्थमन्त्री पुन 

अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन् । ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालालाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेका बताएका हुन् । 

नेपाललाई पराजित गरी वेस्ट इन्डिज ‘ए’ लाई शृंखलामा अग्रता

जोहनसन चार्ल्सको शतकमा वेस्ट इन्डिज ‘ए’ ले ट्वान्टी २० क्रिकेट शृंखलाको तेस्रो खेलमा नेपाललाई ७६ रनले पराजित गरेको छ । २ सय २८ रनको लक्ष्य लिएर आएको नेपाल १९.२ ओभरमा १ सय ५१ रनमा अलआउट भयो ।

चार्ल्सको शतकमा वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई विशाल लक्ष्य

जोन्सन चार्ल्सले शतक बनाएपछि वेस्ट इन्डिज ‘ए’ ले ट्वान्टी-२० क्रिकेट शृंखलाको तेस्रो खेलमा नेपाललाई २ सय २८ रनको लक्ष्य दिएको छ । चार्ल्सले अविजित १ सय १९ रन बनाएपछि टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाई २ सय २७ रन बनाएको हो ।

दीपेन्द्रले नेपालको कप्तानी गर्ने, वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्दै

दीपेन्द्रसिंह ऐरीले वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी-२० क्रिकेट शृंखलाको तेस्रो खेलमा बुधबार नेपालको कप्तानी गर्ने भएका छन् । नियमित कप्तान रोहित पौडेललाई ‘रेस्ट’ दिँदै नेपालले दीपेन्द्रलाई नेतृत्वको मौका दिएको हो ।

विश्वकप टोलीमा फर्किए ऋषभ

१६ महिनाअघि डरलाग्दो कार दुर्घटनामा परेका ऋषभ पन्तलाई समेट्दै भारतले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटका लागि अन्तिम टोली घोषणा गरेको छ । पन्तसहित १५ सदस्यीय खेलाडीले जुन १ बाट अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने विश्वकपमा भारतीय टोलीमा स्थान बनाएका छन् । 

नोकिएलाई दक्षिण अफ्रिकाको समर्थन

एनरिच नोकिएलाई समेट्दै दक्षिण अफ्रिकाले ट्वान्टी–२० विश्वकप टोली घोषणा गरेको छ । सेप्टेम्बरमा अस्ट्रेलियासँगको शृंखलाका क्रममा ढाडमा चोट बोकेयता नोकिएले अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् र अहिले आईपीएलमा पनि राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् । 

सन् १८८९ मा आजकै दिन श्रमिक दिवस सुरु 

सन् १८८९ मा आजकै दिन (मे १) बाट अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन सुरु गरिएको हो । इन्टरनेसनल फेडरेसन अफ सोसलिस्ट ग्रुप र ट्रेड युनियनहरूले मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउने निर्णय गरेका थिए ।

सन् १९४५ मा आजकै दिन : हिटलरद्वारा आत्महत्या 

सन् १९४५ मा आजकै दिन (अप्रिल ३०) मा जर्मन तानाशाह एडोल्फ हिटलरले आत्महत्या गरेका थिए । दोस्रो विश्वयुद्धका दौरान रेड आर्मीले बर्लिन सहर कब्जामा लिएपछि हिटलरले पत्नी एभा ब्राउनसहित आत्महत्या गरेका थिए ।

अत्यधिक गर्मीले बंगलादेशमा विद्यालय बन्द

बंगलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । अदालतले आगामी आइतबारसम्म विद्यालय बन्द गर्न आदेश दिएको हो । 

भाजपामा मोदी कसरी बने निर्विकल्प ?

भारतीय जनता पार्टीमा अटल बिहारी वाजपेयीपछिको स्वाभाविक उत्तराधिकारी पार्टीका दोस्रो संस्थापक नेता लालकृष्ण आडवाणी थिए । सन् २०१४ को लोकसभा चुनाव पार्टीले जितेको खण्डमा उनी प्रधानमन्त्री हुने अड्कल थियो । भाजपाले चुनाव पनि जित्यो । तर, आडवाणीलाई उछिन्दै उनका अनुयायी नरेन्द्र मोदी प्रधानमन्त्री बने । 

सन् २०११ मा आजकै दिन : बेलायती राजकुमारको विवाह 

सन् २०११ मा आजकै दिन (अप्रिल २९) मा बेलायती राजकुमार विलियमको विवाह भएको थियो । बेलायती राजगद्दीका उत्तराधिकारी विलियमले क्याथरिन मिडेल्टनसँग विवाह गरेका हुन् । 

रुस्दीको 'नाइफ'

उपन्यास लेखेकै कारण इरान सरकारले टाउकाको मूल्य तोकेपछि विश्वप्रसिद्ध लेखक सलमान रुस्दी वर्षौंसम्म लुकेर बसे । एक दशकभन्दा लामो समयको विरक्त जीवनबाट अघाएका रुस्दीलाई एक दिन लाग्यो, ‘ओहो ∕ मैले त मेरो आफ्नै जीवन पो बाँच्नुपर्छ ।’ त्यसलगत्तै उनको दैनिकी फेरियो । बिस्तारै सामाजिक गतिविधिमा सक्रिय हुन थाले ।

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापाले उक्त जानकारी दिएका हुन् ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.