२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

काठमाडौँ — प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा सञ्चालन भएको ‘१९औँ हेड अफ एनसिबी कन्फरेन्स’मा नेपालका तर्फबाट सहभागी भई बुधबार स्वदेश फर्किएका छन् ।

प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

प्रहरी महानिरीक्षक कुँवर यही वैशाख ११ देखि १३ गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा नेपालका तर्फबाट सहभागी भएका थिए । हेड अफ एनसिबी कन्फरेन्समा मुख्य रुपमा इन्टरपोल एनसीबीः अन्तर्राष्ट्रिय संगठित अपराधको खतराविरुद्ध संयुक्त मोर्चालगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरुको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण एक सय ९६ सदस्य राष्ट्रका एनसीबी प्रमुख, इन्टरपोल महासचिव तथा पदाधिकारीबीच समन्वय एवं सहकार्यका विषयमा छलफल भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

ढकालका अनुसार सदस्य राष्ट्रहरूबीच आइ–२४/७ मा पहुँच विस्तार गर्दै थप आपराधिक डेटा साझेदारी गरेर आपराधिक प्रक्रिया रोक्न, बालबालिकाको सुरक्षा र डेटा सुरक्षा बढाउँदै लैजानेलगायत ‘एजेन्डा’मा छलफल तथा सहमति भएको थियो ।

राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसीबी) नेपालका प्रमुख रहेका प्रहरी महानिरीक्षक कुँवरले आपराधिक घटनाको सूचना आदान–प्रदान, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको क्षमता निर्माण एवं पारस्परिक सहयोग आदानप्रदानका विषयमा भारत, चीन र मलेसियाका प्रतिनिधिसँग द्विपक्षीय छलफल गरेको बताइएको छ ।

प्रहरी महानिरीक्षक कुँवर कन्फरेन्समा सहभागी हुन यही वैशाख १० गते त्यसतर्फ प्रस्थान गररेका थिए । कन्फरेन्समा प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहको पनि सहभागिता रहेको थियो । प्रहरी महानिरीक्षक कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा बुधबार प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकलगायत प्रहरी वरिष्ठ अधिकृतले स्वागत गरेका थिए ।

प्रकाशित : वैशाख १९, २०८१ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?