३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३१

इलाममा बजेको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको परिणामले पार्टीमा कैयौं कमीकमजोरी रहेको इंगित गरेको जनाएको छ । मंगलबार इलामको चुनावी मतपरिणाम सार्वजनिक भएपछि रास्वपा महामन्त्री मुकुल ढकालले विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्ने जनाएका हुन् । 

१७ अर्बको पेट्रोलियम पाइपलाइन परियोजना अनुदानमै !

१७ अर्ब बराबरका दुई वटा पाइपलाइन र एउटा टर्मिनल अनुदान सहयोगमा बनाइदिन भारतीय आयल कर्पोरेसन (आईओसी) सकरात्मक भएको छ । गत मंगलबार आईओसी र नेपाल आयल निगमका उच्च अधिकारीबीच आईओसीको केन्द्रीय कार्यालय मुम्बईमा भएको छलफलमा यस्तो सहमति भएको हो ।

‘बुवाले देखाएको बाटोमा निष्ठा र इमान्दारीपूर्वक हिँड्नेछु’ 

पूर्वसभाभुख एवं एमालेका तत्कालीन उपनेता सुवासचन्द्र नेम्बाङको गत भदौ २७ मा हृदयघातका कारण निधन भएपछि उनले जितेको प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २  रिक्त थियो । त्यस क्षेत्रमा एमालेले नेम्बाङपुत्र सुहाङलाई उम्मेदवार बनाएको थियो । मंगलबार बिहान घोषित मतपरिणामअनुसार सुहाङ २७ हजार ७ सय ७२ मतका साथ विजयी भए ।  निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाए । 

'अवस्था' र 'व्यवस्था बदल्ने'लाई उपचुनावले दिएको एकमुष्ट सन्देश

प्रतिनिधिसभा इलाम-२ र प्रदेशसभा बझाङ-१ मा भएको उपनिर्वाचनको नतिजा सार्वजिनक भएको छ । इलाम र बझाङ दुवै स्थानमा एमालेका उम्मेदवार विजयी भएका छन् । झट्ट हेर्दा प्रतिनिधिसभा र प्रदेशसभाको एक-एक रिक्त स्थान भर्नका लागि भएको जस्तो देखिए पनि यो चुनाव राजनीतिक दलहरूको पछिल्लो डेढ वर्षमा बदलिएको हैसियत वैधानिक रूपमा परीक्षण गर्ने महत्त्वपूर्ण अवसर थियो । 

आन्दोलनकारी आमा

जिन्दगीमै स्थायी बसोबास भएन, नोना कोइरालाको । आन्दोलनको बाटो हिँडेकी उनको थातबास भन्नु नै जेल, प्रवास र कोइराला निवास– विराटनगर । आन्दोलन र क्रान्तिको बाटो अनेकौँपटक हिँडे– शेखर कोइराला पनि । सम्भवतः त्यही बाटोको सबैभन्दा बढी साक्षी भए उनी । किनभने शेखरकी आमा नोनाले आन्दोलनकै नाममा जीवन उत्सर्ग गरिन् । त्यही गोरेटो हिँडिन्– निःस्वार्थी भावले, आत्मविश्वासले भरिएर । त्यसैले आन्दोलन शेखर हिँडेको सर्वाधिक स्मरणीय बाटो हो ।

भाजपामा मोदी कसरी बने निर्विकल्प ?

भारतीय जनता पार्टीमा अटल बिहारी वाजपेयीपछिको स्वाभाविक उत्तराधिकारी पार्टीका दोस्रो संस्थापक नेता लालकृष्ण आडवाणी थिए । सन् २०१४ को लोकसभा चुनाव पार्टीले जितेको खण्डमा उनी प्रधानमन्त्री हुने अड्कल थियो । भाजपाले चुनाव पनि जित्यो । तर, आडवाणीलाई उछिन्दै उनका अनुयायी नरेन्द्र मोदी प्रधानमन्त्री बने ।

‘फेक न्युज’ फैलाउनेविरुद्ध फौजदारी मुद्दा

अदालतको जनआस्थामाथि प्रहार गर्ने दुराशयले जानाजान ‘फेक न्युज’ उत्पादन तथा प्रसारण गरिएको भन्दै स्वतः संज्ञान (सो–मोटो) लिएको सर्वोच्च अदालतले गरेको यो कार्यमा संलग्नहरूविरुद्ध फौजदारी मुद्दा चलाउन आदेश दिएको छ । उक्त सामग्री प्रथम दृष्टिमै समग्र न्याय प्रणालीप्रति भ्रम र अनास्था पैदा हुने गरी अदालतको कार्यमा अवरोध गर्ने (स्क्यान्डलाइजिङ दि कोर्ट) उद्देश्यले दुराशयपूर्ण र नियोजित तरिकाले उत्पादन तथा प्रसारण गरेको देखिएको सर्वोच्चको आदेशमा उल्लेख छ ।

सकियो लगानी सम्मेलन, साढे ६ अर्ब रुपैयाँको लगानी सम्झौता

मुलुकमा साढे ६ अर्ब स्वदेशी तथा विदेशी लगानी भित्र्याउने सम्झौतासहित तेस्रो लगानी सम्मेलन सकिएको छ । सम्मेलनमा तीन परियोजनामा लगानी र ७ वटा विविध सहकार्यसम्बन्धी सम्झौता भएको लगानी बोर्डले जनाएको छ । काठमाडौंमा आइतबार र सोमबार आयोजित सम्मेलनमा यी सम्झौता भएका हुन् । यद्यपि सरकारले लगानी आह्वानका लागि प्रस्तुत गरेको परियोजना सूचीमा भने यी परियोजना थिएनन् ।

२०२३ विगत १७० वर्षयताकै सबैभन्दा तातो

अहिले देशभर २ सय ५१ स्थानका वनजंगल क्षेत्रमा डढेलो लागिरहेको सरकारी तथ्यांक छ । वन तथा वातावरण मन्त्रालयको वन तथा भू–संरक्षण विभागले सञ्चालन गरेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार फेब्रुअरीमा ४ सय ६६ क्षेत्रमा डढेलो लागेकामा अप्रिलमा २ हजार ८ सय ६३ स्थानमा डढेलो पहिचान भएको थियो ।

कागबेनीमा विद्यार्थी सवार बस दुर्घटना, २१ जना घाइते

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४, कागबेनीमा पर्ने मुक्तिनाथ सडकखण्डको सेल्फिडाँडामुनि घुम्तीमा बस सडकमा पल्टिँदा २१ जना यात्रु घाइते भएका छन् । 

रुसी सेनामा भएका नेपालीका आफन्त ११ दिनदेखि अनशनमा

रुसी सेनामा भर्ती भएका नेपालीको उद्धारको माग राखी उनीहरूका आफन्त ११ दिनदेखि अनशनरत छन् । उनीहरूले सोमबार करारपत्र रद्दसहित १३ बुँदे माग राखेर रुसी दूतावास अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीले रुसी सेनामा  आबद्ध नेपालीको जीवन रक्षा अभियानकी संयोजक कृतु भण्डारी, रुकुमकी सिरानी घर्ती मगर, उषा खत्री, रोजी पुन, देवेन्द्र भट्ट र मोहन भट्टलाई पक्राउ गरेको थियो । उनीहरूलाई साँझ छाडिएको प्रहरीले जनाएको छ ।

रेडक्रसमाथि छानबिन गर्न नयाँ समिति

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा भएको भनिएको अनियमितता र भ्रष्टाचार छानबिन गर्न सरकारले फेरि अर्को समिति गठन गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आइतबार समाज कल्याण परिषद्का कार्यसमिति सदस्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा परिषद्को अनुगमन विभाग प्रमुख, प्रशासन विभाग प्रमुख, कानुनी सल्लाहकार र आर्थिक विज्ञ सदस्य छन् । 

बझाङ १ (१) मा एमालेले फर्कायो विरासत

२०७९ को निर्वाचनमा बझाङ १ (१) मा  कांगेस–माओवादीसहितको गठबन्धनका उम्मेदवारसँग एमाले पराजित भएको थियो । त्यसबेला कांग्रेसका पृथ्वीबहादुर सिंहले निकटतम प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडालाई ३ हजार ७ सय ३६ मतले पछि पार्दै विजयी भएका थिए ।

इलाम-२ मा रास्वपा उम्मेदवारसहित १६ जनाको धरौटी जफत

इलाम-२ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा १६ जना उम्मेदवारको धरौटी जफत भएको छ । इलाम-२ मा रास्वपा उम्मेदवार मिलन लिम्बू, एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई, राप्रपा उम्मेदवार लक्ष्मी गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार मनिबहादुर लिम्बूसहित १६ जनाको धरौटी जफत भएको हो ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
धनकुटाको चौबीसेमा एक जना मृत फेला

धनकुटाको चौबीसेमा एक जना मृत फेला

रमेशचन्द्र अधिकारी

धनकुटाको चौबीसे गाउँपालिका–७ माथिल्लो गिद्धेमा एक जना मृत फेला परेका छन् । स्थानीय सार्वजनिक पाटीमा मृत फेला परेका व्यक्ति चौबीसे–८, चाइनेटारका ४७ वर्षीय अर्जुन चेम्जोङ रहेको प्रहरीले जनाएको छ । 

खेलकुद विकास बोर्ड, कोशीको सदस्य सचिवमा बस्नेतको पुनर्वहाली

खेलकुद विकास बोर्ड, कोशीको सदस्य सचिवमा बस्नेतको पुनर्वहाली

अर्जुन सुवेदी

उच्च अदालत विराटनगरले खेलकुद विकास बोर्ड, कोशीको सदस्य सचिवमा कृष्ण बस्नेतलाई पुनर्वहाली गर्न आदेश दिएको छ । उच्च अदालत विराटनगरका न्यायाधीश ममता खनाल र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले सोमबार कृष्ण बस्नेतलाई पुनर्वहाली गर्न आदेश दिएको हो । उच्च अदालतको यो आदेशसँगै अहिलेका सदस्यसचिव हंशराज वाग्ले पदमुक्त भएका छन । 

एक घरमा आगलागी हुँदा ७० लाखको क्षति

एक घरमा आगलागी हुँदा ७० लाखको क्षति

लक्ष्मी गौतम

पाँचथरको फिदिम नगरपालिका-१० मा सोमवार बिहान आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ गम्भीर घाइते

भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ गम्भीर घाइते

डम्बरसिं राई

भोजपुरको आमचोक गाउँपालिका–८ पारकुवा भन्ने ठाउँमा सोमबार बिहान साढे ९ बजेतिर को १ ज २६१७ नम्बरको बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य १२ जना गम्भीर घाइते भएका छन् ।

दिक्तेल रूपाकोट मझुवागढीमा स्थानीय पाठ्यक्रम परिमार्जन प्रक्रिया थालनी

दिक्तेल रूपाकोट मझुवागढीमा स्थानीय पाठ्यक्रम परिमार्जन प्रक्रिया थालनी

डम्बरसिं राई

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्थानीय विषयको पाठ्यक्रम परिमार्जनको प्रक्रिया थालेको छ । अघिल्लो स्थानीय तहले २०७८ सालबाट लागू गरेको स्थानीय विषय पाठ्यक्रम अपूरो रहेको भन्दै त्यसलाई परिमार्जन गर्न प्रक्रिया बढाइएको हो ।

धनकुटाका विभिन्न ठाउँमा आगलागी, लाखौं बराबरको धनमाल क्षति 

धनकुटाका विभिन्न ठाउँमा आगलागी, लाखौं बराबरको धनमाल क्षति 

रमेशचन्द्र अधिकारी

धनकुटामा तीन वटा आगलागीका घटनामा लाखौंको क्षति पुगेको छ । घटनामा एक घरमा आगो लाग्दा त्यहाँ सञ्चालन गरिएका होटल तथा पसलमा क्षति पुगको छ । यस्तै दुई वटा सामुदायिक वनमा डढेलो लाग्दा महत्वपूर्ण वनसम्पदा तथा खानेपानीको पाइपमा क्षति पुगेको छ । 

कोशी बाट थप
प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका बब्लु पासवान पक्राउ

प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका बब्लु पासवान पक्राउ

भूषण यादव

विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेका भारतीय नागरिक बब्लु पासवानलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । हत्या, अपहरण, हातहतियार र लागूऔषधको कारोबारमा संलग्न रहेका पासवानलाई प्रहरीले सर्वाधिक खोजीको सूचीमा खोजी गरिरहेको थियो । पासवानलाई प्रहरीले वीरगन्जमा पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । 

वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड

वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड

भूषण यादव

कक्षा १२ को जारी परीक्षामा पर्यवेक्षकहरुले अमर्यादित व्यवहार गरेको भन्दै परीक्षार्थीहरुले आइतबार वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो । 

रौतहटमा गाँजासहित दम्पती पक्राउ

रौतहटमा गाँजासहित दम्पती पक्राउ

शिव पुरी

रौतहटको कटहरिया नगरपालिकाबाट प्रहरीले शनिबार लागूऔषध गाँजासहित दम्पतीलाई पक्राउ गरेको छ ।

जबरजस्ती करणी मुद्दाका आरोपित मुख्यमन्त्री कार्यालयका उपसचिव साह फरार

जबरजस्ती करणी मुद्दाका आरोपित मुख्यमन्त्री कार्यालयका उपसचिव साह फरार

अजित तिवारी

मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साह जबरजस्ती करणी मुद्दामा फरार भएका छन् ।जनकपुर–९ स्थित सरकारी निवासमा मुख्यमन्त्री कार्यालयमै कार्यरत एक कर्मचारीको श्रीमतीलाई रातको समयमा नशालु पदार्थ खुवाएर जर्बजस्ती करणी गरेको भन्दै उपसचिव साहबिरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

आगलागी पीडितलाई ५० थरि सामग्री राहत

आगलागी पीडितलाई ५० थरि सामग्री राहत

अजित तिवारी

महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवा गाछीमा बुधबार भएको भीषण आगलागीमा घरबारविहीन भएका परिवारलाई आवश्यक ५० किसिमका सामग्री राहतमा उपलब्ध गराइएको छ । 

आमाले गरिन् पाँच वर्षीय छोराको हत्या

आमाले गरिन् पाँच वर्षीय छोराको हत्या

अवधेशकुमार झा

सिरहाको लहानमा एक महिलाले आफ्ना पाँच वर्षीय छोराको हत्या गरेकी छन् । सखुवा ननकारकटी गाउँपालिका-५ घर भई लहान नगरपालिका १ मा बस्दै आएकी सरताकुमारी साहले आफ्नो पाँच वर्षिय छोरा आयुष साहको हत्या गरेको सिरहा प्रहरीले जनाएको छ । 

मधेस बाट थप
बागमती प्रदेशसभा सचिवालयद्वारा वैशाख २१ गते सर्वदलीय बैठक आह्वान

बागमती प्रदेशसभा सचिवालयद्वारा वैशाख २१ गते सर्वदलीय बैठक आह्वान

कान्तिपुर संवाददाता

बागमती प्रदेशसभा सचिवालयले यही वैशाख २१ गते दिउँसो १ बजे सर्वदलीय बैठक आह्वान गरेको छ ।

बैंकिङ कसुरमा फरार वडाध्यक्ष पक्राउ 

बैंकिङ कसुरमा फरार वडाध्यक्ष पक्राउ 

कान्तिपुर संवाददाता

बैंकिङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका ७ याङ्लाकोटका वडाध्यक्ष रवि तामाङलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ । 

२१७ क्युफिट काठसहित टिपर  र चालक नियन्त्रणमा 

२१७ क्युफिट काठसहित टिपर  र चालक नियन्त्रणमा 

प्रताप विष्ट

अवैध ढंगले कटान गरी चिरान गरेको सालको काठसहित टिपर र चालकलाई प्रहरीले शनिबार राति नियन्त्रणमा लिएको छ ।

विद्यार्थीलाई पोसाक वितरण 

विद्यार्थीलाई पोसाक वितरण 

कान्तिपुर संवाददाता

जिल्लाको बनेपा नगरपालिका ६ मा रहेको भक्तेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । 

ढकाल वंशावली पुस्तक विमोचन

ढकाल वंशावली पुस्तक विमोचन

अनिश तिवारी

जिल्लाका बाह्रबिसे नगरपालिकाका ९ राम्चेका ढकाल समुदायले आफ्नो जाति र इतिहासको अध्ययनसम्बन्धी 'ढकाल वंशावली' पुस्तक बजारमा ल्याएका छन् । 

रामनगरमा सहिद लखन थापाको सालिक निर्माण

रामनगरमा सहिद लखन थापाको सालिक निर्माण

रमेशकुमार पौडेल

भरतपुर महानगरपालिका–१ रामनगरमा नेपालका पहिलो सहिद लखन थापाको शालिक निर्माण गरिएको छ । शनिबार आयोजित कार्यक्रममा भरतपुरकी मेयर रेनु दाहालले शालिक अनावरण गरेकी छन् । लखन पार्क व्यवस्थापन समितिका सक्रियतामा शालिक निर्माण भएको हो ।

वाग्मती बाट थप
छिपछिपे सहकारीको अनुसन्धान अन्तिम चरणमा  

छिपछिपे सहकारीको अनुसन्धान अन्तिम चरणमा  

नारायण शर्मा

संचालक समिति र कर्मचारीको मिलोमतोमा बचतकर्ताको ११ करोड भन्दा बढी रकम हिनामिना भएको छिपछिपे उपभोक्ता सहकारी संस्थाका पीडितको उजुरीको आधारमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले हिनामिना गर्ने बिरुद्ध मुद्दा चलाउने भएको छ ।

लमजुङमा बन्दुकको गोली लागेर एकजना घाइते

लमजुङमा बन्दुकको गोली लागेर एकजना घाइते

आश गुरुङ

बन्दुकको गोली लागेर लमजुङको मर्स्याङ्दी गाउँपालिका-३, जिम्दोका ५३ वर्षीय आइतमान तामाङ घाइते भएका छन् । गाउँ माथिको लेकमा छोडेको भैंसीलाई नुनपानी दिन जाने क्रममा सिजे जंगलमा अचानक गोली लागेर घाइते भएको तामाङलाई उद्दृत गर्दै प्रहरीले बताएको छ ।

चौपाया हत्याको आरोपमा तीन जना पक्राउ

चौपाया हत्याको आरोपमा तीन जना पक्राउ

आश गुरुङ

चौपाया हत्याको आरोपमा मनाङमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ङिस्याङ गाउँपालिका-६, माथिल्लो मनाङ गाउँबाट उनीहरुलाई पक्राउ गरिएको मनाङ प्रहरीले जनाएको छ । 

कक्षा-१२ को प्रश्नपत्र सार्वजनिक गर्ने दुई जना पक्राउ 

कक्षा-१२ को प्रश्नपत्र सार्वजनिक गर्ने दुई जना पक्राउ 

प्रतीक्षा काफ्ले

कक्षा-१२ को परीक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

बढ्दो डढेलोबाट सचेत रहन मुख्यमन्त्री अधिकारीको अपिल

बढ्दो डढेलोबाट सचेत रहन मुख्यमन्त्री अधिकारीको अपिल

प्रतीक्षा काफ्ले

गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशका विभिन्न स्थानमा डढेलो लागेको उल्लेख गर्दै त्यस्ता घटनाबाट सचेत रहन अपिल गरेका छन् ।

गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिट खारेज

गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिट खारेज

कान्तिपुर संवाददाता

सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति गैरकानुनी भएको दाबीसहित दायर रिट खारेज गरेको छ । पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका तर्फबाट दायर रिट न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले सोमबार खारेज गरेको हो ।

गण्डकी बाट थप
बर्दियामा बाघको आक्रमणबाट एक जना घाइते

बर्दियामा बाघको आक्रमणबाट एक जना घाइते

कमल पन्थी

बारबर्दिया नगरपालिका–१ स्थित बूढीखोलामा राँगालाई आहालमा लगेका बेला बाघले आक्रमण गर्दा एक जना घाइते भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भएको बाघको आक्रमणमा सोही ठाउँका ३८ वर्षीय राजकुमार थारु घाइते भएका हुन् ।

डढेलोका कारण पाल्पामा तीन घर जलेर नष्ट

डढेलोका कारण पाल्पामा तीन घर जलेर नष्ट

माधव अर्याल

पाल्पाको रैनादेवी छहरा–४, छहराको सल्लीधारा, तिन्धारे, नाङ्गे र सुकादह क्षेत्रको जंगलमा लागेको भीषण डढेलोले बस्तीलाई घेरेपछि तीन घर र तीन गोठ जलेको छ । सल्लाको जंगलमा डढेलो सोमबार दिउँसो आगलागी भएको थियो ।

घरमा आगलागी हुँदा चार वर्षीया बालिकाको मृत्यु

घरमा आगलागी हुँदा चार वर्षीया बालिकाको मृत्यु

वीरेन्द्र केसी

भुमिकास्थान नगरपालिका-५ असुरकाेटकाे कुडेपानी गाउँकाे घरमा आगलागी हुँदा घरभित्र रहेकी चार वर्षीया बालिका अप्सरा विककाे जलेर मृत्यु भएको छ। 

डढेलो नियन्त्रण गर्न नसक्दा जोखिममा बस्ती

डढेलो नियन्त्रण गर्न नसक्दा जोखिममा बस्ती

माधव अर्याल

रिब्दीकोट गाउँपालिकाको खस्यौली, ठिमुरे, कुसुमखोला लगायतका स्थानका जंगलमा लागेको भीषण डढेलो बस्ती नजिक आएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । यस क्षेत्रमा तीन दिनदेखि भीषण डढेलो लागेको छ । 

गर्भ खेर गएपछि रक्तश्राव नरोकिएकी महिलाको हेलिकप्टरबाट उद्धार

गर्भ खेर गएपछि रक्तश्राव नरोकिएकी महिलाको हेलिकप्टरबाट उद्धार

काशीराम डाँगी

गर्भ खेर गएपछि रक्तश्राव नरोकिएका कारण रोल्पा अस्तालमा भर्ना भएकी एक महिलालाई थप उपचारका लागि सोमबार रोल्पाबाट हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत लगिएको छ । आइतबार राति अति रक्तश्रावका कारण बिरामी भएर भर्ना भएकी रोल्पा नगरपालिका–४ की ३० वर्षीया पद्‌मा सेनलाई राष्ट्रपति पहिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरबाट उद्दार गरिएको हो । 

बर्दियामा दुई जना फरार अभियुक्त पक्राउ

बर्दियामा दुई जना फरार अभियुक्त पक्राउ

कमल पन्थी

लागूऔषध र चेक अनादर मुद्दाका दुई जना फरार अभियुक्त पक्राउ परेका छन् । 

लुम्बिनी बाट थप
मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 

मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 

महेश केसी

त्रिवेणी गाउँपालिका-२ सिम्रुत बजारमा ट्रकले ठक्कर दिदाँ मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान भएको यो दुर्घटनामा परी त्रिवेणी-७ खाराका जयबहादुर गिरीको ज्यान भएको हो । 

सातुसामल बोकेर यार्सा टिप्न पाटनतिर

सातुसामल बोकेर यार्सा टिप्न पाटनतिर

डीबी बुढा

बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि युवाहरु पाटनतिर हिँडेपछि जुम्लाका अधिकांश बस्ती सुनसान बनेका छन् । जिल्लाको पातारासी, गुठिचौर, कनकासुन्दरी, सिंजा र तिला गाउँपालिका क्षेत्रका युवा मुगु र डोल्पाका पाटनतिर जान सुरु गरेका छन् । झण्डै दुई महिनाका लागि आढ्नेओछ्याउने, दालचामल, नूनतेलसहित सातुसामल बोकेर स्थानीय पाटन उक्लिरहेका हुन् ।

गमगढी-नाग्मा सडक : ट्र्याक खोलेकै १२ वर्ष बित्यो, सरकारले दिएन कालोपत्रे गर्ने बजेट

गमगढी-नाग्मा सडक : ट्र्याक खोलेकै १२ वर्ष बित्यो, सरकारले दिएन कालोपत्रे गर्ने बजेट

राजबहादुर शाही

सदरमुकाम जोड्ने कर्णाली राजमार्ग अन्तर्गत गमगढी-नाग्मा सडकको ट्र्याक ओपन कार्य पूरा भएको करिब १२ वर्ष बितिसकेको छ । तर यो सडक कहिले कालोपत्रे हुने भन्ने अझै टुंगो छैन । सो सडकको साढे ६ किमि सडक कालोपत्रे गर्ने काम ठेक्का लागेपनि बाँकी ८७ किमि सडक भने स्तरोन्नति र कालोपत्रे भइहाल्ने संकेत छैन ।

विकास ओसार्दै दुर्गमका सडक

विकास ओसार्दै दुर्गमका सडक

डीबी बुढा

जुम्ला सदरमुकाम खलंगादेखि पातारासी गाउँपालिका जोड्ने सडक सञ्चालन भएपछि पातारासी-६ भाङखोलाका सिंह कठायत निकै खुसी छन् । अहिले उनी दैनिक उपभोग्य सामानहरु घरमै मालबहाक गाडीको प्रयोग गरेर पुर्‍याउँछन् । घरमा उत्पादन भएको अर्ग्यानिक उत्पादनहरु सडक हुँदै सुर्खेत नेपालगञ्जका सहरहरुमा पुर्‍याइरहेका छन् । 

पुराना योजना जीर्ण, बस्तीमा पानीको हाहाकार

पुराना योजना जीर्ण, बस्तीमा पानीको हाहाकार

विप्लव महर्जन

बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुलाको दुरुमखोलाको चौपारी, नेटाबजार, लामडाँडा बस्नेउरामा खानेपानीको हाहाकार भएको छ । 

डोल्पामा यार्सा संकलन जेठ १० देखि

डोल्पामा यार्सा संकलन जेठ १० देखि

राजबहादुर शाही

हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि बहुमुल्य जडिबुटी यार्सागुम्बाको संकलन सुरु गर्ने निर्णय भएको छ । डिभिजन बन कार्यालयले ११ वैशाखमा गरेको सर्वपक्षीय बैठकले जेठ १० देखि यार्सागुम्बा संकलन गर्ने  निर्णय गरेको हो । 

कर्णाली बाट थप
सुदूरपश्चिममा सरकार बनाउने कांग्रेसको प्रयासमा धक्का

सुदूरपश्चिममा सरकार बनाउने कांग्रेसको प्रयासमा धक्का

कान्तिपुर संवाददाता

बझाङ–१ (१) को उपनिर्वाचनमा एमालेका दमनबहादुर भण्डारी शनिबार निर्वाचित भएसँगै सुदूरपश्चिम प्रदेश सरकार गठनको गणितीय खेल झनै रोचक मोडमा पुगेको छ । २०७९ को निर्वाचनपछि यस प्रदेशसभामा कांग्रेस सांसदको संख्या १९ थियो । कांग्रेसकै सांसद पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी निधन भएपछिको उपनिर्वाचनमा कांग्रेसले उक्त सिट गुमायो भने एमालेले जित निकाल्दै एक सिट थप्यो । 

भारतबाट फर्किरहेका दम्पती बेहोस बनाइ लुटिए

भारतबाट फर्किरहेका दम्पती बेहोस बनाइ लुटिए

भवानी भट्ट

भारतबाट मजदुरी गरेर घर फर्किन लागेका एक दम्पती बाटोमै लुटिएका छन् । पञ्जाबबाट घर फर्किरहेका दम्पतीलाई सोमबार बिहान भारतको बनबासादेखि गड्डाचौकी आउने क्रममा नशालु पदार्थ खुवाएर बेहोर बनाई लुटिएका हुन् ।

भण्डारीको विजय : सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई लाभ

भण्डारीको विजय : सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई लाभ

वसन्तप्रताप सिंह

बझाङ प्रदेशसभा-१ मा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ मतले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् । २०७९ को चुनावमा कांग्रेसले जितेको स्थानमा विजय हासिल गर्दा सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई एक सिट लाभ भएको छ । सुदूरपश्चिममा एमालेका अब ११ सांसद हुनेछन्

सेती नदीमा नुहाउने क्रममा एकजना डुबेर बेपत्ता

सेती नदीमा नुहाउने क्रममा एकजना डुबेर बेपत्ता

मोहन शाही

सेती नदीमा नुहाउने क्रममा एकजना डुबेर बेपत्ता भएका छन् । शिखर नगरपालिका-८ लुवाखडीनजिकै नदीमा धनगढी उपमहानगरपालिका-३ मायामेट्रो अस्पताल पछाडि बस्ने अन्दाजी ४० वर्षीय नरबहादुर तामाङ डुबेको डोटी प्रहरीले बताएको छ ।

बझाङ प्रदेशसभा–१  मा एमाले कांग्रेसभन्दा ९ मतले अगाडि

बझाङ प्रदेशसभा–१  मा एमाले कांग्रेसभन्दा ९ मतले अगाडि

वसन्तप्रताप सिंह

६ पालिका रहेको बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा पुन: एमाले अगाडि लागेको छ । सोमबार बिहानदेखि कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले बनाएको अग्रता केही बेरअघि एमाले उम्मेदवार दमनबहादुर भण्डारीले तोडेका हुन् । उनी ९ मतले अगाडि रहेका छन् । भण्डारीले ९ हजार ८ सय ८९ मत ल्याउँदा सिंहले ९ हजार ८ सय ८० मत प्राप्त गरेका छन् । 

बझाङ प्रदेशसभा-१ मा कांग्रेस र एमालेबीच कडा टक्कर

बझाङ प्रदेशसभा-१ मा कांग्रेस र एमालेबीच कडा टक्कर

वसन्तप्रताप सिंह

६ पालिका रहेको बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा कांग्रेस र एमालेबीच कडा टक्कर हुने देखिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेस उम्मेदवार २ सय ८४ मतले अगाडि रहेका छन् । सोमबार बिहानदेखि सिंहले अग्रता लिएका हुन् । 

सुदूरपश्चिम बाट थप

नेपालको घाँस तिब्बतमा बिक्री गरिँदै,घाँस खेती गर्ने किसानलाई निर्यातको ढोका खुल्यो

तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालबाट ओट घाँस र जनावरको दाना खरिद गर्ने भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रबीच तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालका दुई कम्पनीसँग सम्झौता गरेको हो । 

लेवनडोस्कीको ह्याट्रिकमा बार्सिलोना विजयी

रोबर्ट लेवनडोस्कीको ह्याट्रिकको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा मंगलबार दस खेलाडीमा सीमित भ्यालेन्सियालाई ४–२ ले हराएको छ । यो जितका बाबजुद बार्सिलोना ११ अंकको दूरीमा दोस्रो स्थानमा छ ।

कोलकाता नाइट राइडर्स दोस्रो स्थानमा अझ बलियो

कोलकाता नाइटराइडर्सले आईपीएलको अंकतालिकाको दोस्रो स्थानमा सोमबार आफ्नो पकड अझ बलियो बनाएको छ । इडेन गार्डेनमा भएको खेलमा कोलकाताले दिल्ली क्यापिटल्सलाई सजिलै सात विकेटले हरायो ।

लुम्बिनीलाई वीर गणेशमान क्रिकेट उपाधि

लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिता जितेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार सम्पन्न फाइनलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ३१ रनले पराजित गरेको थियो ।

बेलायत जाने नेपाली फुटबल टोलीको बिदाइ

इंग्ल्यान्ड जान लागेको नेपाली फुटबल टोलीलाई सोमबार बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज नेम्बाङसहित नेपालका लागि बेलायतका राजदूत रोब फेनले टोलीको बिदाइ गरेका थिए । नेपाली फुटबल टोली मंगलबार त्यसतर्फ जाने कार्यक्रम छ ।

‘ननस्टप’ रजनीकान्त

तमिल सुपरस्टार रजनीकान्त जति चर्चित छन्, त्यति नै सरल र उदार । संसारभर करोडौं फ्यान छन् । उनी उमेरले सात दशक नाघिसके । तर फिल्मी क्षेत्रमा अझै पनि निकै सक्रिय । नायक मात्र होइन, चरित्र अभिनेता होस् वा खलनायकको भूमिकामा निकै जम्छन् उनी । पर्दामा भयंकर एक्सन गरिरहेका उनी वास्तवमा भने निकै सरल रजनीकान्तको कुरै बेग्लै । उनको पछिल्लो पिःम याद छ ? त्यसमा उनी जेलर थिए । 

सन् १९४५ मा आजकै दिन : हिटलरद्वारा आत्महत्या 

सन् १९४५ मा आजकै दिन (अप्रिल ३०) मा जर्मन तानाशाह एडोल्फ हिटलरले आत्महत्या गरेका थिए । दोस्रो विश्वयुद्धका दौरान रेड आर्मीले बर्लिन सहर कब्जामा लिएपछि हिटलरले पत्नी एभा ब्राउनसहित आत्महत्या गरेका थिए ।

अत्यधिक गर्मीले बंगलादेशमा विद्यालय बन्द

बंगलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । अदालतले आगामी आइतबारसम्म विद्यालय बन्द गर्न आदेश दिएको हो । 

सन् २०११ मा आजकै दिन : बेलायती राजकुमारको विवाह 

सन् २०११ मा आजकै दिन (अप्रिल २९) मा बेलायती राजकुमार विलियमको विवाह भएको थियो । बेलायती राजगद्दीका उत्तराधिकारी विलियमले क्याथरिन मिडेल्टनसँग विवाह गरेका हुन् । 

कम्बोडियाको एक हतियार भण्डारस्थलमा विस्फोट हुँदा २० सैनिकको मृत्यु

कमबोडियाको कम्पोङ स्पेउ प्रान्तको चबरमोर्न सहरको सैन्य क्षेत्र ३ को हतियार भण्डारणस्थलमा विस्फोट हुँदा २० सैनिकको मृत्यु भएको छ।

सन् १९७२ मा आजकै दिन : घानाका प्रथम राष्ट्रपतिको निधन

सन् १९७२ मा आजकै दिन (अप्रिल २७) मा घानाका प्रथम राष्ट्रपति क्वामे एन्क्रुमाहको निधन भएको थियो । उनको क्यान्सरको उपचारका क्रममा रोमानियाको बुखारेस्टमा निधन भएको थियो । 

न्यून दृष्टि, तर दृढ इच्छाशक्तिले राष्ट्र बैंकमा अब्बल 

खास गरी अर्थशास्त्र र व्यवस्थापन विषय लिएर पढ्नेका लागि नेपाल राष्ट्र बैंकको जागिर ‘ड्रिम जब’ नै मानिन्छ । धेरैले कडा मिहिनेत र निरन्तरको प्रयासपछि मात्र यो अवसर प्राप्त गर्छन् । यस्तैमध्येका एक हुन्, रवि ढुंगेल । जीवनको गन्तव्य राष्ट्र बैंक बनाएका उनले त्यहाँसम्म पुग्न कडै मिहिनेत गर्नु पर्‍यो । पाँच वर्ष नेपाल बैंकको अधिकृत भएर काम गरे ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.