बिहार चुनावमा ‘जातीय फ्याक्टर’ निर्णायक
बिहारमा पटनापछिको प्रमुख सहर हो– मुजफ्फरपुर । नेपालसँग सीमा जोडिएका बिहारका जिल्लाको केन्द्र र उत्तर बिहारको अघोषित राजधानी मुजफ्फरपुरलाई मानिन्छ । नेपालको सीमाबाट ८० किलोमिटरभित्र रहेको यस सहरको चुनावी राजनीति अन्यत्रको भन्दा फरक छ । चुनावको मुखमा कांग्रेस वा अन्य पार्टीबाट भाजपामा जानेको संख्या ठूलो देखिँदा यहाँ भने भाजपाबाट लगातार दुई पटक विजयी सांसद कांग्रेस प्रवेश गरेर चुनाव लडिरहेका छन् ।