कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

श्याम र मन्जितलाई ‘लिब्जु-भुम्जु पुरस्कार’ 

काठमाडौँ — वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले २०८० सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ श्याम राई र मन्जित राई ‘मानव’लाई संयुक्त रूपमा प्रदान गर्ने भएको छ । यो पुरस्कार वाम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ (इक लिब्जु–भुम्जु) त्रैमासिक पत्रिकामा वर्षभरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एक रचनालाई प्रदान गरिँदै आएको छ । कोशकार अविनाथ राईको संयोकत्वमा गठित पुरस्कार छनोट समितिले यो निर्णय गरेको हो ।

श्याम र मन्जितलाई ‘लिब्जु-भुम्जु पुरस्कार’ 

इक लिब्जु–भुम्जु त्रैमासिक पूर्णांक २३, २०८० माघ–चैतमा प्रकाशित श्यामको ‘कान्छा, लिस्ता त्याङ द्याल’ (कान्छा फर्क अब गाउँ) र मन्जितको ‘जोर्ति जातुर दिकुमे’ (जोर्ती बजार गयौं) शीर्षक कवितालाई पुरस्कारका निम्ति चयन गरिएको छ । बुबा हर्कजित राई र आमा बुधमाया राईका कान्छा छोरा श्याम २०५६ वैशाख १० गते ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–५ उदयपुर गाउँमा जन्मिएका हुन् । उनले ११औं र २४औं वाम्बुले राई भाषाको कविता प्रतियोगिता–२०८० मा दोस्रो पुरस्कार जितेका छन् । त्रिविमा स्नातकोत्तर आमसञ्चार र पत्रकारिता विषय अध्ययनरत श्याम थाहाखबर डटकममा कार्यरत पत्रकारसमेत हुन् ।

बुवा विष्णुकुमार राई र आमा नक्सरा राईको जेठा छोरा मन्जितको जन्म २०४३ पुस १५ गते मानेभन्ज्याङ–६ हिलेपानी गाउँमा भएको हो । उनले त्रिविबाट प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् । पुस्तक तथा स्टेसनरी व्यवसायी उनी ‘घरदैलो पुस्तक’ अभियन्ता हुन् । उनले २०५७ सालमा वाम्बुले राई भाषाको तेस्रो कविता प्रतियोगितामा सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

नेपाल टेलिभिजनमा कार्यरत वरिष्ठ पत्रकार तथा गीतकार पुष्पहरि क्याम्पा राईले ‘लिब्जु–भुम्जु पुरस्कार–२०५५’ स्थापना गरेका हुन् । यो पुरस्कारबाट हालसम्म २२ जना कविहरू पुरस्कृत भएका छन् । पुरस्कारको राशि पाँच हजार रुपैयाँ र सम्मान प्रमाणपत्र रहेको छ ।


प्रकाशित : वैशाख २२, २०८१ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?