जो वर्षौंदेखि कर्णालीवासीको स्वास्थ्य जाँचिरहेका छन्
कर्मचारी वृत्तमा कर्णाली खटाइनुलाई सजाय दिएजस्तो बुझाइ छ । तर केही कर्मचारी अपवाद छन्, जो कर्णालीबाहिर घर भए पनि वर्षौंदेखि यहाँको दुःख र अभावबीच सेवामा खटिरहेछन् । कर्णालीको स्वास्थ्य सुधार्न मरिमेटेर वर्षौंदेखि यहीं बसिरहेका प्रतिनिधि डाक्टरको कुरा सुन्दा लाग्छ, यहाँ बसेर सेवा दिनु चुनौतीपूर्ण भए पनि असम्भव भने होइन ।