३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१२

श्रममन्त्री अर्यालले भने : 'द रेड सुटकेस'ले भावुक बनायो 

काठमाडौँ — प्रदर्शनरत 'द रेड सुटकेस' हेरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले यो फिल्मले रातो सुटकेस बोकेर विदेश जाने दिनको अन्त्यका लागि क्रान्तिको सुरुवात गरेको बताएका छन् ।

श्रममन्त्री अर्यालले भने : 'द रेड सुटकेस'ले भावुक बनायो 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाह र पार्टीका महामन्त्री मुकुल ढकालसँग फिल्म हेरेका श्रममन्त्री अर्यालले फिल्मको सुरुवात सुस्त रहे पनि सकिँदासम्म भावुक बनाएको प्रतिक्रिया दिए ।

'चलचित्रमा मैले मूलतः दुइटा कुरा पाएँ । पहिलो त यसले वैदेशिक रोजगारीमा जाने हाम्रा युवाको नियतिको कथा प्रस्तुत गर्छ । दोस्रो चाहिँ यसले हाम्रो गाउँठाउँमा पारेको प्रभावलाई दुरुस्त उतारेको छ,'उनले भने,'संयोगवश म अहिले यो सबै हेर्ने जिम्मेवार मन्त्रालयको पनि नेतृत्वमा छु । चलचित्रले पहाडी बस्तीमा पुरुष नभएको अवस्थालाई जसरी प्रस्तुत गरेको छ, त्यो उत्कृष्ट छ ।'

वैदेशिक रोजगारीको मुद्दा उठाएको यो फिल्मलाई पछिल्लो समय राजनीतिज्ञदेखि, कलाकार र दर्शकले हेर्ने क्रम बढ्दो छ । केही दिनअघि मात्रै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले फिल्मको कथ्य शैलीको प्रशंसा गरेका थिए ।

प्रकाशित : वैशाख ६, २०८१ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?