२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८७

दयाहाङ भन्छन् : सुरु-सुरुमा तिमी अभिनयका लागि ठीक छैनौसमेत भने 

काठमाडौँ — कलाकार दयाहाङ राईले नेपाली फिल्म उद्योगका केही सिनियर प्रोड्युसरहरूले आफूलाई अभिनयमा नआउन सुझाएको बताएका छन् ।

दयाहाङ भन्छन् : सुरु-सुरुमा तिमी अभिनयका लागि ठीक छैनौसमेत भने 

कान्तिपुर पब्लिकेसन्स लिमिटेडले बिहीबार आयोजना गरेको 'निर्भीक नारी' को चौथो सत्र 'सौन्दर्य मापन' मा कलाकार दयाहाङले आफू अभिनयका लागि उपयुक्त नभएको भनेर उद्योगकै केही व्यक्तिले भनेको खुलाएका हुन् ।

पछिल्लो समय नेपाली फिल्म उद्योगमा 'सुपरहिट' बनिरहेका कलाकार दयाहाङले अहिले पनि कतिपयले त्यस्तै प्रश्न गर्ने गरेको बताए । उनी भन्छन्, 'अहिले पनि तिमी कसरी आइरहेका छौ भन्ने गर्छन् ।'

रंगमञ्चमा काम गर्न खासै गाह्रो नभए पनि फिल्मी करिअर सुरु गर्दै गर्दा धेरैले आफ्नो क्षमतामा शंका गरेको उनको भनाइ छ । 'रंगमञ्चमा काम गर्दा छलफल भएर काम हुन्थ्यो, त्यसैले सहज हुन्थ्यो । फिल्म खेल्न थालेपछि केही सिनियर दाइले प्रोड्युसर को हो भन्नुभयो ? केहीले तिमी अभिनयका लागि ठीक होइनौ भन्थे पछि फ्रस्टेससन हुन्छ पनि भने,' उनले भने । उनले कुनै पनि क्षेत्रमा काम थाल्दा कसैले 'तिमी फिट छैनौ' भने त्यही नै अगाडि बढ्नका लागि औषधि हुने बताए ।

आफू त्यसरी नै अगाडि बढेकाले यहाँसम्म आइपुगेको पनि दयाहाङले बताए । 'पपुलर होउँला नहोउँला एउटा कुरा छ तर आफूलाई मन परेको कुरा गर्छु भनेर अगाडि बढेकाले म यहाँ छु,' उनले भने । फिल्मी करिअर सुरु गर्दै गर्दा फ्रेममा 'एक प्रकारको मान्छे चाहिन्छ है' भन्ने सोच नै रहेको पनि दयाहाङ बताउँछन् । पहिले नृत्य गर्न जान्ने, शारीरिक बनावटलगायतका कुरा मापन गरेर मात्र फिल्ममा कलाकारका रूपमा छनोट हुने गरेको उनको भनाइ छ ।

प्रकाशित : चैत्र २९, २०८० १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?