कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

उत्कृष्ट होमस्टेलाई शनिबार पर्यटनमन्त्रीले पुरस्कृत गर्ने

काठमाडौँ — वाग्मती प्रदेशका होमस्टेहरुको शनिबार नुवाकोटमा सम्मेलन गर्न गइरहेको तारागाउँ विकास समितिले उत्कृष्ट होमस्टे (घरबास) लाई पुरस्कृत गर्ने भएको छ ।

समितिका अध्यक्ष सुरेशराज जोशीका अनुसार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले चारवटा होमस्टेलाई शनिबार पुरस्कृत गर्ने भएका हुन् । समितिका अनुसार १ लाख रुपैयाँको उत्कृष्ट होमस्टे पुरस्कार धनकुटाको नाम्जे थुम्की सामुदायिक होमस्टे र अयोध्यापुरी मध्यवर्ती सामुदायिक हामेस्टे चितवनलाई प्रदान गरिने निर्णय भएको छ ।

त्यस्तै ७५ हजार रुपैयाँ राशिको दोस्रो पुरस्कार श्री अन्तुडाँडा सामुदायिक होमस्टे, सूर्योदय नगरपालिका इलाम र ५० हजार राशिको पोखरा महानगरस्थित कालाबाङ घरेडी सामुदायिक होमस्टेलाई प्रदान गरिने भएको छ ।

प्रकाशित : वैशाख १३, २०८१ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?