कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजेट मस्यौदा लेखन समिति गठन

काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले बजेट मस्यौदा लेखन समिति गठन गरेका छन् । शुक्रबार मन्त्री पुनले आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट वक्तव्य लेखनका लागि मन्त्रालयका सहसचिव धनीराम शर्माको संयोजकत्वमा समिति गठन गरेका हुन् ।

बजेट मस्यौदा लेखन समिति गठन

गठित समितिमा सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् । शर्मा, शाक्य, आचार्यद्वय र अर्याल अर्थ मन्त्रालयमा कार्यरत छन् भने शर्मा आन्तरिक राजस्व कार्यलयमा उपमहानिर्देशक छन् ।

समिति संयोजक शर्माले शनिबार नै बैठक बसेर समितिले काम थाल्ने बताए । ‘विषयगत मन्त्रालयहरुसँग समन्वय गरेर तत्काल बजेट लेखनको काम थालिने छ,’ उनले भने ।

प्रकाशित : चैत्र १६, २०८० १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?