कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१ महिनापछि नागढुंगा सुरुङ मार्गको काम सुरु

काममा अवरोध नभए १० दिनभित्र 'ब्रेक थ्रु' हुने

काठमाडौँ — नागढुंगा-सिस्नेखोला सुरुङमार्गको काम मंगलबारबाट पुनः सुरु भएको छ । स्थानीयले विभिन्न माग राख्दै एक महिनादेखि काम ठप्प पारेका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सोमबार स्थानीयसँग भएको ९ बुँदे सहमतिपश्चात काम सुरु भएको हो ।

१ महिनापछि नागढुंगा सुरुङ मार्गको काम सुरु

चन्द्रागिरी नगरपापालिका-२ का स्थानीयले उठाउँदै आएको मुख्य माग खानेपानीको व्यवस्था गरिदिने,आयोजना निर्माणपश्चात सुरुङमार्ग सञ्चालनमा स्थानीय पीडितलाई योग्यता र क्षमताका आधारमा रोजगारमा प्राथमिकता दिनेलगायत रहेका छन् ।

गत फागुन ६ गतेदेखि स्थानीयले सुरुङमार्गको धादिङ र काठमाडौं दुवैतिर काम ठप्प पारेका थिए । महिना दिनदेखि रोकिएको सुरुङको काम सुरु भएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले बताए ।

उनका अनुसार सुरुङ खन्न १४ मिटर मात्र बाँकी छँदा स्थानीयले आयोजना सुरु हुँदैदेखिका माग निकालेर काम ठप्प पारेका थिए । काममा अवरोध नभए बढीमा १० दिनभित्र सुरुङको ‘ब्रेक थ्रु’ हुने उनको भनाइ छ । गत साउन २२ मा आपत्कालीन उद्धार सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो । २५५७ मिटर दूरी रहेको उक्त सुरुङको अहिले फिनिसिङको काम भइरहेको छ ।

प्रकाशित : चैत्र ६, २०८० १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?