कतारका अमिरको स्वागतका लागि तम्तयार [तस्बिरहरू]
काठमाडौँ — कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आउँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनको भ्रमण हुन लागेको हो । पहिलोपल्ट कतारका अमिर नेपाल आउन लागेका हुन् । दुई निजी जहाज लिएर आउन लागेका उनका लागि काठमाडौंका सडकमा स्वागत द्वार बनाइएका छन् ।सडकहरू पखालेर चिटिक्क पारिएको छ ।