कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

दोस्रो फुट-टेक फुटसल जेठमा

काठमाडौँ — फुट–टेक फुटसल प्रतियोगिताको दोस्रो संस्करण जेठको पहिलो साता हुने भएको छ । सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएका संस्थाहरूको सहभागिता रहने यो प्रतियोगितााका खेल पेप्सीकोलास्थित रोयल नेपाल फुटसलमा हुनेछ । आयोजक लेट्स प्ले स्पोर्ट्सले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा पुरुषतर्फ ३२ र महिलातर्फ ८ टिमको सहभागिता रहने जनायो ।

दोस्रो फुट-टेक फुटसल जेठमा

खेल जेठ ५ गतेदेखि प्रत्येक शनिबार हुनेछ । पहिलो र दोस्रो शनिबार समूह चरण तथा तेस्रो र चौथो शनिबार नकआउट चरणका खेल हुनेछ ।

पुरुषतर्फ विजेताले उपाधिसहित १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ जित्नेछन् भने महिलातर्फ च्याम्पियनले ३० र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

फुटसलका प्रतिभाको प्रस्तुतिसहितको फ्रिस्टाइल स्किल च्यालेञ्ज पनि आयोजना हुनेछ । त्यसमा फुटसलमा विशेष कला भएकाले प्रस्तुति गर्ने र उत्कृष्ट कला प्रस्तुत गर्नेलाई पुस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा धेरैभन्दा धेरैको सहभागिता गराउनका लागि हामीले यो पटक सहभागी कम्पनीमा ट्रफी टुरको आयोजना गरिने आयोजकले जनाएको छ ।

प्रकाशित : वैशाख १४, २०८१ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?