'मान्छे सोझी सोझी छ' सार्वजनिक
काठमाडौँ — गायक खेम सेन्चुरी र गायिका सुमित्रा तामाङको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । नेत्र अर्यालको शब्द तथा श्यामश्वेत रसाइलीको अरेन्जमा 'मान्छे सोझी सोझी छ' बोलको गीत सार्वजनिक भएको हो ।
गोविन्द अनेकले रेकर्ड गरेको यो गीतमा खेमकै संगीत छ । विनोद भण्डारीको निर्देशनमा तयार भएको गीतको भिडियोलाई प्रशान्त मगरले कोरियाग्राफ गरेका हुन् । गीतको कथा निर्देशक भण्डारीकै हुन् ।
गीतको भिडियोमा कलाकारहरु विनोद भण्डारी, सुमित्रा तामाङ, करिना मगर, सौगात कारञ्जित, अर्जुन श्रेष्ठलगायतको अभिनय छ ।
प्रकाशित : वैशाख २५, २०८१ १२:२१प्रतिक्रिया