तीन बक्सिङ खेलाडी उज्वेकिस्तानतिर
काठमाडौँ — उज्वेकिस्तानको अस्तानामा हुने एएसबीसी यू–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा नेपालका ३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।
अप्रिल २७ देखि मे ८ सम्म हुने प्रतियोगितामा एक पुरुष र दुई महिला खेलाडीले भाग लिनेछन् । पुरुष ४८ केजीमा लालप्रसाद उप्रेती तथा महिला ४८ केजीमा सुष्मा तामाङ र ५० केजीमा रमिशा श्रेष्ठले खेल्नेछन् ।
नेपाल बक्सिङ महासंघका महासचिव मनबहादुर भण्डारीले जनाएका छन् । सुष्माले थाइल्यान्डमा भएको यसै प्रतियोगितामा रजत जित्दै इतिहास रचेकी थिइन् । नेपाल बक्सिङको इतिहासमा सुष्माले जितेको रजत एसियालीस्तरमा नेपालले पाएको एकमात्र पदक हो ।
प्रशिक्षकमा सुजित पुनमगर र निर्णायकमा धनकुमार मैनाली छन् ।
बुधबारै ५ सदस्यीय नेपाली टोली अस्ताना गएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ , नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले बिदाइ गरे ।
प्रकाशित : वैशाख १२, २०८१ २१:१३