बेलकोटगढीमा हाप्किडो सुरु
काठमाडौँ — नुवाकोट जिल्लास्थित बेलकोटगढी नगरपालिकामा शुक्रबारबाट नुवाकोट आमन्त्रित ओपन हाप्किडो राष्ट्रिय प्रतियोगिता सुरु भएको छ । उक्त राष्ट्रिय प्रतियोगिताको उद्घाटन संघिय सांसद बिमल सुवेदीले गरेकी छन् ।
नुवाकोट जिल्ला हाप्किडो संघको आयोजना र नेपाल हाप्किडो संघ तथा वाग्मती प्रदेश हाप्किडो संघको सहकार्यमा भएको कार्यक्रममा वाग्मती प्रदेशसभा सांसद रामप्रसाद ढुंगाना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको प्रमुख स्वकीय सचिव नवीन पुडासैनी र नेपाल हाप्किडो संघको केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगर लगायतको उपस्थित रहेको थियो ।
प्रकाशित : वैशाख ७, २०८१ २२:३०प्रतिक्रिया