१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

गणेशमान सिंह क्रिकेट : वाग्मती र कर्णाली विजयी

काठमाडौँ — वागमती र कर्णाली प्रदेश टिमले वीर गणेशमान सिंह राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा शुक्रबार जित हात पारेका छन् । मूलपानीको माथिल्लो क्रिकेट मैदानमा वाग्मतीले कोशी प्रदेशलाई ७ रनले हरायो । टोलीको यो दोस्रो जित हो ।

गणेशमान सिंह क्रिकेट : वाग्मती र कर्णाली विजयी

टस हारेर ब्याटिङको निम्तो पाएको वाग्मतीले २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको थियो । ईशान पाण्डेले ३१ र सोनु देवकोटाले ३० रन जोडे । गौतम केसी र रविन जोशीले समान १३ रन बनाए । कोशी प्रदेशका सर्वन यादवले ३ विकेट र ज्ञानेन्द्र श्रेष्ठले २ विकेट लिए ।

जवाफमा १ सय ३९ रनको लक्ष्य पाएको कोशीले सानदार सुरुआत गरेको थियो । कप्तान अंकित सुवेदी र मिनस थापाले पहिलो विकेटमा ५३ रनको साझेदारी गर्दै कोशीलाई राम्रो सुरुआत दिलाएका थिए । अंकितले ३६ र मिनसले ११ रन बनाए । सुजन थपलिया र सोनु अन्सारीले तेस्रो विकेटमा लागी २७ रनको साझेदारी गरे ।

उनीहरूको साझेदारी ईशान पाण्डेले सोनुको विकेट लिएर तोडे । रिजन ढकालले ३ विकेट, सुवास खत्रीले २ विकेट, शुभ कंशाकार र रामनरेश गिरीले १–१ विकेट लिए । प्लेयर अफ द म्याच वाग्मतीका ईशान पाण्डे चुनिए ।

गणेशमान सिंह फाउन्डेसनअन्तर्गत गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको अर्को खेलमा कर्णालीले सुदूरपश्चिम प्रदेशलाई ४ विकेटले हरायो । टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १४३ रन बनाएको थियो ।

अभिषेक पालले ५१ रन, नरेन भट्टले ४७ र किरण ठगुन्नाले २२ रन बनाए । कर्णालीका दिनेश अधिकारीले २ विकेट, युनिश ठकुरी, दीपेन्द्र रावत र प्रकाश जैसीले १–१ विकेट हात पारे ।

जवाफमा १ सय ४४ रनको लक्ष्य कर्णाली प्रदेशले खेल सकिन ८ बल बाँकी ६ विकेट गुमाएर पूरा गरेको हो । कर्णालीलाई जित दिलाउन अर्जुन घर्तीले सर्वाधिक ३७ रन र दिनेश अधिकारीले अविजित ३१ रन प्रहार गरे । उनी दिनेश प्लेयर अफ द म्याच चुनिए ।

प्रकाशित : वैशाख ७, २०८१ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?