१५.४४°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

प्रधानसेनापति ह्विलचेयर बास्केटबल

काठमाडौँ — नेपाली सेनाको आयोजनामा सैनिक पुनर्स्थापना केन्द्र भण्डारखालमा भएको प्रथम प्रधानसेनापति ह्विलचेयर बास्केटबल प्रतियोगिता पुरुषतर्फ सशस्त्र प्रहरी बल नेपाल टिम विजेता भयो । आयोजक त्रिभुवन आर्मी क्लब दोस्रो र स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपाल तेस्रो भए ।

प्रधानसेनापति ह्विलचेयर बास्केटबल

महिलातर्फ ह्विलचियर स्पोर्टस एसोसिएसन विजेता भयो । स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपाल दोस्रो र जावलाखेल ह्विलचेयर स्पोर्टस क्लब तेस्रो भए ।

विजेतालाई रथी अशोकराज सिग्देलले पुरस्कृत गरे । प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ६ टिमको सहभागिता थियो ।

शीर्ष तीनमा विजेता टिमलाई नगद पुरस्कार प्रदान गरिएको थियो । समापनमा फरक क्षमता भएका व्यक्तिहरूले नृत्य तथा सांगीतिक प्रस्तुति दिएका थिए ।

फरक क्षमता भएका व्यक्तिलाई समान अवसर प्रदान गर्नुका साथै उनीहरूको योगदानको उच्च कदर गर्ने उद्देश्यसाथ आयोजित प्रतियोगिताको लिग चरणका खेलको प्रधानसेनापति प्रभुराम शर्माले अवलोकन गरेका थिए ।


प्रकाशित : वैशाख ७, २०८१ २२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?