कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

विकास ओलीको हत्या आरोपमा ११ जना पक्राउ

विप्लव महर्जन

सल्यान — विकास ओलीको हत्या आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । गएको मंगलबार राति कुमाख गाउँपालिका-५ काल्चेमा विवाहको भोज खाएर फर्किने क्रममा वडा नं ६ बडागाउँका २१ वर्षीय बिकास ओलीलाई कुटपिट गरी हत्या गरेको आरोपमा  प्रहरीले वडा नं. ५ का ११ जना युवाहरुलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । 

विकास ओलीको हत्या आरोपमा ११ जना पक्राउ

पक्राउ पर्नेमा कुमाख गाउँपालिका- ५ का वर्ष १८ का भरत बुढाथोकी, वर्ष २० का मानसिंह कुमाई, वर्ष १८ का सन्तोष कुमाई, वर्ष १८ का हेमन्त थापा, वर्ष १८ का बिमल कुमाई, हेमन्त बुढाथोकी, टिकाराम थापा, दण्डविर कुमाई, मनविर कुमाई, लोकन्द्र थापा र झलक कुमाई रहेका छन् ।

पक्राउ परेका सबैलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अहिले जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखिएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।

उनका अनुसार मंगलबार बेलुकी स्थानीयको बिहेमा नाँचगान गर्ने क्रममा मानसिह कुमाई, भरत बुढाथोकी लगायतका युवाले घरमा सजाइएका ध्वजापताका च्याति अश्लिल शब्द प्रयोग गरी हल्ला गरिरहेको बेला निज विकास ओलीले सम्झाई बुझाई गर्दा विवाद भएको र भोज खाएर फर्किँदा घरदेखि करिब एक किलोमिटरको टाढा पर्ने स्थानमा भरत बुढाथोकी, मानसिंह कुमाई लगायतका युवाले मंगलबार राति करिब ९ बजेतिर ओलीसहित वर्ष १८ का शुसिल केसी र वर्ष २८ का मदन केसीलाई कुटपिट गरेका थिए ।

ओलीको उपचारका लागि ज्यान गएको थियो । अन्य दुई जनाको भने मिसन अस्पताल चौरजहारीमै उपचार भइरहेको छ ।

प्रकाशित : वैशाख १३, २०८१ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?