बसको ठक्करबाट १ जनाको मृत्यु
दाङ — बसको ठक्करबाट शुक्रबार दाङमा एक जनाको मृत्यु भएको छ । बबई गाउँपालिकाको चरकमटियाबाट जन्ती लिन काशीपुरतर्फ जाँदै गरेको ना ४ ख ६९४९ नम्बरको बसले शान्तिनगर–५ काशीपुरमा ठक्कर दिँदा नाम थर नखुलेका अन्दाजी ४५ वर्षीय एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।