कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

घरको भित्तामा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

चितवन — मोटरसाइकल अनियन्त्रित भएर घरको भित्तामा ठोक्किँदा चितवन रत्ननगरमा दुई जनाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक र पछाडि बसेका व्यक्ति रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरको भित्तामा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार गएराति ११ बजेर ५५ मिनेट जाँदा रत्ननगर नगरपालिका-४ वडा कार्यालयनजिक भित्री सडकमा रत्ननगर-३ बस्ने २२ वर्षका जीवन चौधरीले चलाएको ना २ प ३४४४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर सुमन गदालको घरको भित्तामा ठोक्किएको थियो । चालक जीवनसहित मोटरसाइकलको पछाडि बसेका १८ वर्षका सुमित महतो गम्भीर घाइते भएका थिए ।

जीवन र सुमित दुवै रत्ननगर-३ का बासिन्दा हुन् । दुवैजनालाई उपचारका लागि भरतपुरको सरकारी अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनीहरूको राति १ बजेतिर मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले बताए ।

प्रकाशित : वैशाख २०, २०८१ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?