कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

चैत १५ सम्म भौतिक प्रगति १९ प्रतिशतमात्रै भएपछि कर्मचारीसँग भौतिकमन्त्री महासेठ असन्तुष्ट

काठमाडौँ — उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले चैत १५ सम्म भौतिक प्रगति १९ प्रतिशतमात्रै भएको भन्दै कर्मचारीहरुसँग असन्तुष्टि पोखेका छन् ।

चैत १५ सम्म भौतिक प्रगति १९ प्रतिशतमात्रै भएपछि कर्मचारीसँग भौतिकमन्त्री महासेठ असन्तुष्ट

बिहीबार नेपाल निजामती कर्मचारी संगठनको क्यालेण्डर विमोचन कार्यक्रममा बोल्दै मन्त्री महासेठले यस्तो असन्तुष्टि जनाएका हुन् । उनले चालु आर्थिक वर्षको चैत १५ सम्ममा १९ प्रतिशतमात्रै भौतिक प्रगति हुनु दयनीय अवस्था भएको बताए । उनले भने, ‘मन्त्रालयको चालु आर्थिक वर्षको फागुनसम्म १९ प्रतिशतमात्रै भौतिक प्रगति हुनु दयनीय अवस्था हो । वित्तीय प्रगति त्यत्ति भएको भए हुने थियो । सरकारले आयोजनाको भुक्तानी दिन सकेको थिएन । तर भौतिक प्रगति १९ प्रतिशतमात्रै हुनु राम्रो होइन ।’

उनले आर्थिक समस्या भएको अवस्थामा वित्तीय प्रगति त्यति हुँदा चित्त बुझाउने ठाउँ भए पनि भौतिक प्रगतिमा त्यस्तो नहुने बताए । उनले आयोजनाहरुको आगामी असार १५ गतेसम्म सबै भुक्तानी गराउने तर कार्यतालिकाअनुसार द्रुत गतिमा काम गर्न निर्देशन दिए । उनले आयोजनाहरुको एक चरणको भुक्तानी भएको भन्दै अर्को चरणको पनि चाँडै हुने विश्वास दिलाए ।

उनले आयोजना प्रमुख र आयोजनामा काम गर्ने कर्मचारीहरु असार मसान्तसम्म कार्यस्थल छोडेर कतै नजान पनि निर्देशन दिए । उनले कार्यतालिकाअनुसार असार मसान्तसम्म परिणाम दिनेगरी काम गर्न निर्देशन दिए । उनले आयोजना छोडेर अनावश्यक रुपमा सरुवा गर्न वा अन्य कामको लागि काठमाडौंमा रहेका आयोजनाका प्रमुख वा कर्मचारीहरुलाई तत्काल कार्यस्थलका पठाउने सचिव तथा आयोजनाका विभागीय प्रमुखहरुलाई निर्देशन दिए । उनले आयोजनामा कार्यतालिकाअनुसार काम गर्न काठमाडौं नआउने निर्देशन गरेकाले तत्काल कुनै पनि कर्मचारीहरुलाई कतै सरुवा नगर्ने प्रतिबद्धता जनाए ।

उप्रधानमन्त्री महासेठले सरकारले निजामती कर्मचारीसम्बन्धी ऐन कर्मचारीहरुको हितमा ल्याउने बताए । उनले उक्त ऐनमा आवश्यक संशोधनको लागि संगठनले कानुनी विज्ञहरुसँग छलफल गरी प्रतिवेदन तयारी पारेर दिन आग्रह गरे ।

उनले नयाँ सत्ता समिकरणसँगै अर्थतन्त्रले लय लिएको दाबी गरे । उनले उद्योगी व्यवसायीहरु पनि सरकारप्रति आशावादी देखिएकाले आर्थिक गतिविधिहरु चलायमान भइरहेको उल्लेख गरे ।


प्रकाशित : वैशाख १३, २०८१ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?