कतारका अमिर विमानस्थलबाट सिधै शितल निवास
काठमाडौँ — नेपालका दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै राष्ट्रपति भवन शीतल निवास प्रस्थान गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले कतारका अमिरलाई स्वागत गरे लगत्तै त्यहीबाट द्विपक्षीय शिष्टाचार भेटवार्ताका लागि शितल निवास गएका हुन् ।
शितल निवासमा भेटवार्तापछि अमिर सोल्टी होटलमा जाने तालिका छ । उक्त होटलमा कतारका अमिरको सम्मानमा राष्ट्रपति पौडेलले मंगलबार रात्रिभोज आयोजना गर्दैछन् ।
- राष्ट्रपति पौडेलले गरे कतारका अमिरलाई स्वागत
- कतारका अमिर काठमाडौं ओर्लिए
- कतारी अमिरको भम्रण : दुईटा बिजनेस जेटसहित चार विमान काठमाडौंमा
प्रतिक्रिया