१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०७

नयाँ सरकारप्रति जनतामा कुनै उत्साह छैन : प्रवक्ता महत

काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सरकारप्रति जनतामा कुनै उत्साह नरहेको बताएका छन् । उनले जनतामा आशा जगाउनकै लागि कांग्रेसले अहिलेको गठबन्धन सरकारको विकल्प खोज्नुपर्ने अवस्थाबारे चर्चा गरेको दाबी गरे । शुक्रबार सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले सरकारले जनतामा आशा जगाउन नसकेको र विकल्प खोज्ने विषयमा छलफल सुरु भएको बताए ।

नयाँ सरकारप्रति जनतामा कुनै उत्साह छैन : प्रवक्ता महत

‘यो सरकारप्रति जनतामा कुनै आशा छैन, न उत्साह नै छ,’ उनले भने, ‘यसको विकल्प खोज्नुपर्छ भनेर कांग्रेसले मात्रै भनेको होइन, सत्तामै भएका दलहरू र स्वयम् एमालेले समेत यो सरकारको विकल्पबारे छलफल थालिसकेको छ ।’

उनले सरकारमा भएकै दलभित्रपनि सरकारप्रतिको निराशा रहेको छर्लङ्ग बाहिर आइरहेको बताए ।

प्रवक्ता महतले गृहमन्त्री रवि लामिछानेलाई लागेको सहकारी ठगी सम्बन्धी आरोपमा गृह मन्त्रालयभन्दा फरक संयन्त्रबाट अनुसन्धान भएमात्रै विश्वास गर्न सकिने बताए । ‘प्रहरीले अनुसन्धान गरेको छ, तर रवि लामिछाने दोषी देखिए पनि नचिनेको कुरा आएको छ,’ प्रवक्ता महतले भने, ‘गृहमन्त्रीलाई प्रहरीले चिन्ने कुरै भएन, हामीले त्यहीकारण यथार्थ के हो ? त्यसबारे फरक संरचनाबाट अनुसन्धान गरौँ भनेका हौँ ।’


प्रकाशित : वैशाख ७, २०८१ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?