नेसपाद्वारा राजनीतिक संवाद समिति गठन
काठमाडौँ — नेपाल समाजवादी पार्टीले मुद्दा मिल्ने शक्तिहरुसँग राजनीतिक संवाद र सहकार्य गर्न तीन सदस्य राजनीतिक संवाद समिति गठन गरेको छ ।
नेसपाको सचिवालय बैठकलले पार्टी प्रवक्ता कृष्ण शर्मा, सोनाम सिं स्याङतान र मानुषी यमि भट्टराई रहेको समिति गठन गरेको हो ।
जनजीविकाका सवाल र समसामयिक राजनीतिक मुद्दाहरूलाई लिएर विभिन्न अभियानहरू संचालन गर्न नीति, विचार, कार्यक्रमका लागि संवाद र सहकार्यका लागि समितिले पहल गर्नेछ ।
सचिवालय बै७कले ०८१ वैशाख देखि भाद्रसम्म पार्टी महाधिवेशन तयारीका लागि संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
संघ, प्रदेश र स्थानीयस्तरमा वैकल्पिक राजनीति र यसका आयामहरूबारे नेतृत्व सबलीकरण र वैचारिक अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने पनि जनाएको छ ।
बैठकले यही वैशाख १५ मा हुने उपनिर्वाचनमा बझाङ प्रदेश सभा-१ मा मत नदिने नदिने निर्णय पनि गरेको प्रवक्ता कृष्ण शर्माद्वारा जारी विज्ञप्तिमा छ ।
प्रकाशित : वैशाख ७, २०८१ १८:१४