कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु प्रतिशोधपूर्ण : पत्रकार महासंघ
नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई कान्तिपुर दैनिकको कार्यकक्षबाटै पक्राउ गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।
नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई कान्तिपुर दैनिकको कार्यकक्षबाटै पक्राउ गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्को केन्द्रीय कार्यालयमा प्रवेश गरी प्रहरीले कार्यकक्षबाटै गिरफ्तार गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई मंगलबार अपराह्न पक्राउ गरेको हो ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्को केन्द्रीय कार्यालयमा प्रवेश गरी प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई मंगलबार अपराह्न पक्राउ गरेको हो ।
नेकपा एकीकृत समाजवादीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउले प्रेस र राज्यबीच द्वन्द्व सिर्जना गरेको जनाएको छ । अध्यक्ष सिरोहियाको पक्राउलगत्तै एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले विज्ञप्ति जारी गरी निडर पत्रकारिताविरुद्ध गरिएको षड्यन्त्र नभएको पुष्टि गर्न सरकारलाई आग्रह गरेको छ ।
विराटनगरको वाईआरसीसी क्रिकेट क्लबले मंगलबार तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
कान्तिपुर पब्लिकेशन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियाले सहकारी ठगी प्रकरणविरुद्ध समाचार लेख्दा प्रतिशोधपूर्ण तरिकाले आफूलाई प्रहरीले प्रक्राउ गरेको बताएका छन् ।
कांग्रेस नेता विमलेन्द्र निधिले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी प्रतिशोधको नांगो कर्तुत भएको भन्दै भर्त्सना गरेका छन् । ‘जनकपुरमा उनको र मेरो घर सडकको वारिपारि हो, उनको मातापिता र पुरै परिवारलाई म राम्ररी चिन्दछु । संचार क्षेत्रमा उनको योगदान अद्वितीय छ,’ निधिले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘तत्काल उनको रिहाई होस् ।'
कांग्रेस नेता शेखर कोइरालाले प्रतिशोध साध्न कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियामाथिको पक्राउ स्वीकार्य नभएको बताएका छन् ।
नेकपा समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले राज्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गरी तत्कालीन राजा 'ज्ञानेन्द्रपथ' अनुसरण गरेको बताएका छन् ।
प्रदेशको सुरक्षा समन्वय समिति बैठकमा सहभागी हुन चारवटै सुरक्षा निकायका प्रमुख र १३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी हेटौंडामा भेला भएका छन् । हेटौंडा–२ स्थित होटल एभोकाडोमा दिउँसो ३ बजेबाट सुरु हुने वाग्मती प्रदेशस्तरीय सुरक्षा समन्वय समितिको वैठकको उद्घाटन मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गर्ने भएका छन् ।