'कान्तिपुरका अध्यक्षविरुद्धको पक्राउ पुर्जी लोकतन्त्रमाथिकै प्रहार'
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि सत्ता–शक्ति आडमा पक्राउ पुर्जी लिइएको भन्दै आपत्ति जनाएका छन् । सिरोहियाविरुद्ध जारी पक्राउ पुर्जी प्रेसमाथिको प्रहार मात्र नभएर प्रजातन्त्र/लोकतन्त्रमाथिकै आक्रमण भएको कांग्रेस नेताहरूले बताएका छन् ।