कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

हाइड्रोफोयिबा

रेबिज -बहुला कुकुरले) टोकेपछि लाग्ने केन्द्रीय स्नायु प्रणालीको एक खतरनाक तथा ज्यानै जाने रोग हो ।

जनावरले टोकेपछि यो रोग मानिसमा सर्छ । यो रोग लागेपछि मानिस पानी, झरना, खोलाको आवाजसँग डराउँछ । यसै कारणले होला, यस रोगलाई अंग्रेजीमा 'हाइड्रोफोबिया' अर्थात् जलातकं पनि भन्छन् । यो नै त्यस्तो रोग हो, जुन रोगको लक्षणहरू देखापरेपछि मृत्यु हुन्छ ।
कारण
यस रोगको कारण लाइसाभाइरस टाइपवान-यो न्युरोफिल भाइरस हो । यो भाइरस बहुला जनावरको स्नायुमा बढी मात्रामा पाइए तापनि थुक, दूध, पिसाब र लिम्पु आदिमा पनि पाइन्छ । सहरी क्षेत्रमा मुख्यतयाः कुकुरहरूमा पाइन्छ । खासगरी गल्ली, मौहल्ला, टोलका कुकुरहरूले एक आपसमा लडाइँ गर्दा एकले अर्कालाई टोक्छन् र मानिसलाई सार्छन् । बिरालो, मुसा, छुचुन्द्रोले पनि रेबिज सार्ने काम गर्दछ । जंगली जनावरहरूले घरपालुवा जनावरमा रोग सार्छन् ।
रोगको स्रोत
रेबिज भएको जनावरको थुक नै यस रोगको मुख्य स्रोत हो । रोगका लक्षण देखापर्नुभन्दा ३-४ दिन पहिलेदेखि नै जनावर रोगजन्य हुन्छ । सबै न्यानो रगत भएका जनावरहरू रेबिजका रोगजन्य हुन्छन् । रेबिज मानिसमा भएपछि त मृत्यु भएर नै छोड््छ । आइमाईभन्दा लोग्ने मानिस र केटाकेटीहरूमा यो रोग बढी देखिन्छ ।
रोग सर्ने तरिका
बहुला जनावरको टोकाइबाट मानिसलाई रेबिज सर्छ । तर यदि रेबिज भएको मानिसले अर्को मानिसलाई टोक्यो भने यो रोग लाग्न सक्छ ।
इनक्युवेसन पिरियड
यस रोगको इनक्युवेसन पिरियड एक महिनादेखि तीन महिनासम्म हुन्छ । तर सामान्यतया दस दिनदेखि एक वर्षभित्र पनि रोग उत्पन्न भएको पाइएको छ ।
लक्षण
मानिसलाई लागेको रोगलाई हाइड्रोफोबिया भन्छन् । सुरुमा टाउको दुख्नु, जीउ दुख्ने, घाँटी दुख्ने, अलिअलि ज्वरो आउने हुन्छ । तर सबभन्दा बढी टोकेको ठाउँबाट माथिपट्ट िसरसराउने हुन्छ । सुरुमा केन्द्रीय स्नायु प्रणालीका लक्षणहरू देखापर्छन् । अनिमात्र अरू ठाउँका नसाहरू उत्तेजना र मानसिक असन्तुलनमा डर लाग्ने, रिस उठ्ने, चञ्चल हुने र अन्त्यमा नैराश्य र शिथिल हुने गर्दछ । बहुला कुकुरले टोकेपछि रेबिज भइसकेको बिरामीलाई स्याहारसुसार गर्दा तथा छुँदा हातमा पञ्जा, मास्क तथा एप्रोन लगाएर मात्र छुनुपर्छ । हालसम्म यस रोगको सटीक औषधि पत्ता लागेको छैन । यस रोगको लक्षण मानिसमा देखापरेपछि बिरामीको सात दिनभित्र मृत्यु हुन्छ ।
रोकथाम
कुकुरले टोकिसकेपछि सम्भव भएसम्म एक मिनेटभित्रै साबुनपानीले घाउलाई बेसरी सफा गर्नुपर्छ । जनावरलाई १० दिनसम्म हेर्ने, यदि १० दिनभित्र कुकुर मरेमा, हराएमा, भागेमा, सुई लिनु अनिवार्य छ । तर कुकुरमा उक्त अवधिभरिमा पनि कुनै किसिमका लक्षण देखापरेन भने एआरटी अर्थात् एन्टिरेबिज भ्याक्सिन लिनु जरुरी छैन ।
एन्टिरेबिज लिनुपर्ने अवस्था
जनावरमा रेबिजका लक्षणहरू देखापरेमा । यदि कुकुर १० दिनभित्र मरेमा । यदि टोक्ने जनावर पत्ता लगाउन नसकिएमा आदि अवस्थाहरूमा सुईं लिनुपर्छ । रेबिज खतरनाक रोग भएकाले यस मामिलामा हेलचेक्र्याइँ गर्नु अकालमा मृत्युलाई निमन्त्रणा दिनु हो ।

प्रकाशित : पुस १८, २०६६ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?