२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७५४

सहाना स्मृति राष्ट्रिय हक्की धुलिखेलमा हुने

काठमाडौँ — नेपाल हक्की संघको आयोजनामा छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता शनिबार सुरु हुँदै छ ।

सहाना स्मृति राष्ट्रिय हक्की धुलिखेलमा हुने

प्रतियोगितामा आर्मी क्लबसहित वाग्मती, गण्डकी, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहने सोमबार पत्रकार सम्मेलनमा आयोजक हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माले जानकारी दिए । सहभागीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।

प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई ५ हजार पुरस्कार प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, सर्वाधिक स्कोरकर्ता र उदीयमान खेलाडीलाई जनही १० हजारबाट पुरस्कृत गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् । प्रतियोगिता सञ्चालन गर्न सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद् धुलिखेल नगरपालिका र विभिन्न संघ संस्थाले सहयोग गर्ने बताइएको छ । पाँचदिने प्रतियोगिताका खेलहरु काभ्रेको धुलिखेल खेल मैदानमा हुनेछ ।

हक्की संघले प्रशिक्षक तथा निर्णायकलाई समयानुकूल परिस्कृत गर्दै लैजाने उद्देश्यले प्रतियोगिताका दौरान एसियन हक्की महासघंको सहयोगमा एएचएफ टेक्निकल अफिसियल कोर्स पनि धुलिखेलमा गर्नेछ ।

प्रशिक्षण केन्द्रलाई जग्गा

पत्रकार सम्मेलनमा हक्कीको अन्तर्राष्ट्रिय स्तरको रंगशाला र प्रशिक्षण केन्द्र निर्माणका लागि धुलिखेलमा जग्गा पाएको जानकारी दिइयो । महासचिव श्रेष्ठले रंगशाला र प्रशिक्षण केन्द्र बनाउन धुलिखेल नगरपालिकाले हक्की सघंलाई धुलिखेल नगरपालिका–१२ मा रहेको मैदान उपलब्ध गराएको बताइन् । प्रदेश खेलकुद विकास परिषद्, वाग्मती प्रदेशले विस्तृत परियोजना प्रतिवेदन तयार गरिरहेको छ ।

प्रकाशित : वैशाख १०, २०८१ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?