कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तिलौराकोट गोल्डकप हुने

कपिलवस्तु — लुम्बिनी प्रदेशकै सर्वाधिक धनराशि पुरस्कारको प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि हुनेछ । पूर्वपश्चिम राजमार्गस्थित जीतपुरको बुद्ध रंगशालामा प्रतियोगितामा ए डिभिजनका ४ र मोफसलका ४ टोली प्रतिस्पर्धी हुनेछन् । 

कपिलवस्तु जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगिता चैत २४ सम्म हुनेछ । थ्रीस्टार क्लब, त्रिभुवन आर्मी, मछिन्द्र र नेपाल पुलिस क्लबसहित चितवनको हनामी बीएफसी, सुदूरपश्चिम–११, सहारा क्लब पोखरा र आयोजक कपिलवस्तु–११ प्रतिस्पर्धी छन् । विजेताले ११ लाख ११ हजार १११ र उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउने छन् । हरेक दिन म्यान अफ द म्याचले १० हजार पाउनेछ । प्रतियोगिता गर्न करिब एक करोड १८ लाख खर्च हुने अनुमान छ । प्रतिभाको विकास गर्दै खेलप्रति रुचि बढाउन राष्ट्रिय स्तरको प्रतियोगिता गरिएको संघ अध्यक्ष तिलक थापाले बताए ।

प्रकाशित : चैत्र १५, २०८० ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?