२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

प्रधानमन्त्री बन्ने दौडमा रहेका उपेन्द्रको उपप्रधानमन्त्री पद संकटमा

उपप्रधानमन्त्रीसमेत रहेका उपेन्द्र यादवले वर्तमान सरकार ढाल्न खोजेको भन्दै बहुमत सांसदहरूले दल विभाजन गर्दै नयाँ दल दर्ता गराएका छन् । पार्टी अध्यक्षसमेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री अमेरिका भ्रमणमा छन् भने दलको प्रतिनिधित्व गर्ने दुई मन्त्रीसहितका ७ सांसद नयाँ दलमा लागेका छन् । अब पार्टी अध्यक्षको समूहमा उनीसहित ५ सांसद छन् । 

लेबलिङ अनिवार्य गर्छ, कार्यान्वयन गर्दैन सरकार 

सरकारले आयात हुने मालवस्तुमा लेबलिङ अनिवार्य गरे पनि कार्यान्वयन गर्न सकेको छैन । भन्सार विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छुट्टाछुट्टै सूचना प्रकाशन गरेर कार्यान्वयन गर्न भने पनि लागू भएको छैन । सरकारले उपभोक्ता संरक्षण ऐन ०७५ मा भएको व्यवस्थालाई आर्थिक ऐन ०८० को दफा १८ को उपदफा ४ मा पनि व्यवस्था गरी लागू गर्न खोजेको छ ।

पाँच करोड लगानी राखेर दर्ता भयो इनड्राइभ

लामो समयदेखि बिनादर्ता र अनौपचारिक रूपमा सेवा सञ्चालन गरिरहेको राइड हेलिङ प्लाटफर्म इनड्राइभ अब भने उद्योगका रूपमा दर्ता भएको छ । सरकारले औद्योगिक व्यवसाय ऐन, ०७६ संशोधन गर्दै राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएपछि इनड्राइभले कानुनबमोजिम आफूलाई औपचारिक व्यवसायका रूपमा अघि सारेको हो ।

मह सिकारको सिजन सुरु हुँदा नहुँदै कोसेली माग

भीर मौरीको मह काढ्ने सिजन सुरु हुनुअगावै अजिरकोट गाउँपालिका–२ ओलाङकी सुनमाया गुरुङलाई महको अर्डर आइसक्यो । काठमाडौं, भारत र बेलायतमा रहेका आफन्तले समेत भीर मौरीको मह पठाइदिन आग्रह गरेका छन् ।

अख्तियारका सचिवको यात्रा : नासुदेखि सहसचिवमा खुला प्रतिस्पर्धा

अंग्रेजीमा एउटा पदावली छ– ‘हिस्टोरिकल एम्नेसिया’ अर्थात् ‘ऐतिहासिक विस्मरण’ । कुनै समय जीवनमरणको घटना समयक्रममा केही होइनजस्तो गरी बिर्सने मनुष्यको आम बानीलाई जनाउन प्रयोग गरिने यो पदावलीमा हाम्रा वैयक्तिक अनुभवको पनि पुट पाइन्छ । जस्तो कि, ९ वर्षअघि महाभूकम्प जाँदा हामी भुल्नै नसक्ने त्रासदीको क्षणमा पुग्यौं भन्ने ठान्थ्यौं । अग्ला घर बनाएकामा पछुताएका थियौं । र, हेर्दाहेर्दै सभ्यता नै बढारिएलाजसरी बस्तीका घरहरू धूलोमा मिलेपछि ‘मरिलानु के रहेछ र ?’ भनेर जीवनको क्षणभंगुरताका बारेमा घोत्लिएका थियौं । तर, समयक्रममा यो सब विस्मृतिको गर्तमा पुग्यो ।

बढ्यो आयु, औसत ७१.३ वर्ष बाँच्छन् नेपाली

एक दशकअघिको तुलनामा नेपालीको औसत आयु झन्डै पाँच वर्ष बढेर ७१ वर्षभन्दा बढी पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार सार्वजनिक गरेको जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरूले नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको देखाएका हुन् ।

विरोधबीच गण्डकीमा अधिकारीलाई विश्वासको मत

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई प्रदेशसभाको ३० मतको आधारमै विश्वासको मत प्राप्त भएको घोषणा गरिएको छ । ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सदस्यको मत चाहिनेमा सभामुख कृष्णप्रसाद धितालले आइतबार सरकारले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका हुन् । प्रदेशसभाको निर्णयको प्रमुख प्रतिपक्ष कांग्रेसले विरोध गरेको छ ।

धराप बन्दै पुराना पुल, नयाँ निर्माण अलपत्र

भीमेश्वर नगरपालिका–५ स्थित तामाकोशीमा मोटरेबल पुल बनेको दुई दशक भयो । यो पुल दोलखालाई तराई र राजधानीसँग जोड्ने लाइफलाइन हो । पुरानो भएपछि पुल विस्थापित गर्न आठ वर्षअघि ०७३ सालमा नयाँ निर्माणको ठेक्का लागेको थियो । तर निर्माण कम्पनीले पिलर मात्रै उठाएर काम छाड्दा पुल अलपत्र छ ।

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री पुष्पकमल दाहालले सबै उत्पीडित वर्ग, जाति र समुदायलाई पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन अपिल गरेका छन् । वाग्मती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० शुभारम्भ घोषणा तथा भाषा दिवस २०८१ को कार्यक्रममा प्रधानमन्त्री दाहालले उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो असली प्रतिनिधिको पहिचान गरेर अधिकारको रक्षा गर्न अपिल गरेका हुन् ।

१ सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णय

नेपाल सरकारले १ सय रुपैयाँको नोटमा चुच्चे नक्सा राखेर जारी गर्ने निर्णय गरेसँगै त्यसलाई लिएर देशभित्र र विदेशमा पनि चर्चा भएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा गत वैशाख २० मा बसेको मन्त्रिपरिषद् बैठकले जारी गर्न लागिएका १ सय रुपैयाँका नयाँ नोटमा नेपालको चुच्चे नक्सा समावेश गर्ने निर्णय गरेको थियो । भारतले भने उक्त निर्णयमाथि असन्तुष्टि जनाएको छ । 

स्वर्णलक्ष्मी सहकारीपीडितको उजुरी दर्ता, एक अर्ब फिर्ताको माग

प्रहरी वृत्त कालिमाटीले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका पीडितको उजुरी दर्ता गरेको छ । वृत्तले शुक्रबार ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो । सहकारीका ५ सय २८ जना पीडितले करिब एक अर्ब रुपैयाँ बचत फिर्ताको माग गर्दै गरेको उजुरीका आवेदन गत आइतबार नै प्रहरीले संकलन गरे पनि वाग्मती प्रदेश कार्यालयबाट थप विवरण प्राप्त नभएको भन्दै दर्ता गरेको थिएन ।

मिटरब्याजपीडित कोही जेलमा, कोही फरार

सिरहाको औरही गाउँपालिका–४ इटाटारका ६१ वर्षीय कपिलदेव यादव मंसिरयता घरमा छैनन् । उनी कहाँ छन् भन्नेबारे परिवारकै सदस्य पनि खुलेर बोल्न डराउँछन् । उनलाई बुढेसकालमा घर छोडेर भाग्नुपर्ने आपत् मिटरब्याजका कारण आइपरेको हो ।

आगलागी बढ्दै, छैन दमकल

रौतहटको देवाहीगोनाही नगरपालिका–१ करुनियामा यही वैशाख ११ मा आगलागी हुँदा ७ घर नष्ट भए । समयमै दमकल नआउँदा स्थानीयको लाखौंको क्षति भयो । गौर नगरपालिकाको वारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा साँझ मात्र आगो नियन्त्रणमा लिइएको थियो ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
भोजपुर एमालेको अध्यक्षमा मक्कर खड्का विजयी

भोजपुर एमालेको अध्यक्षमा मक्कर खड्का विजयी

डम्बरसिं राई

नेकपा एमाले जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्कर खड्का विजयी भएका छन् । उनले निवर्तमान अध्यक्ष शरणकुमार राईलाई हराएका हुन् । 

भोटखोलामा चार दिनदेखि सञ्चार सेवा अवरुद्ध

भोटखोलामा चार दिनदेखि सञ्चार सेवा अवरुद्ध

दीपेन्द्र शाक्य

चार दिनअघि परेको चट्याङले संखुवासभाको भोटखोलामा रहेको नेपाल टेलिकमको माक्पालुङ टावर बिगारेपछि सञ्चार सेवा ठप्प भएको छ ।

उत्तरी नाका वैशाख २५ गतेदेखि खुल्ने 

उत्तरी नाका वैशाख २५ गतेदेखि खुल्ने 

आनन्द गौतम

उक्तरी चीनसँग जोडिएका ताप्लेजुङ र संखुवासभाका नाका वैशाख २५ देखि खुल्ने भएका छन् । चीनका अधिकारीले अप्रिल ७ देखि आउन सीमावर्ती क्षेत्रका बासिन्दालाई खबर गरेका हुन् । 

डढेलो बस्तीमा सल्कँदा घरमा क्षति, थलथले बजार जोखिममा

डढेलो बस्तीमा सल्कँदा घरमा क्षति, थलथले बजार जोखिममा

रमेशचन्द्र अधिकारी

धनकुटाको छथर जोरपाटी गाउँपालिका ४ स्थित भन्ज्याङ सामुदायिक वनमा लागेको डढेलो बस्तीमा सल्कँदा एक घरमा क्षति पुगेको छ । 

नि:शुल्क उपचारका लागि १० प्रतिशत शय्या छुट्याउन अस्पताललाई विराटनगर महानगरको निर्देशन

नि:शुल्क उपचारका लागि १० प्रतिशत शय्या छुट्याउन अस्पताललाई विराटनगर महानगरको निर्देशन

विनोद भण्डारी

विराटनगर महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई विपन्न, असहाय र बेवारिसे बिरामीहरूको निःशुल्क उपचारका लागि १० प्रतिशत बेड अनिवार्य  छुट्याउन निर्देशन दिएको छ ।

डढेलोपीडित परिवारलाई ५० हजार र जस्तापाता

डढेलोपीडित परिवारलाई ५० हजार र जस्तापाता

कान्तिपुर संवाददाता

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले डढेलोबाट घरबारविहीन बनेका परिवारलाई अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । यस्तै डढेलोबाट अन्य भौतिक क्षति भएकाको हकमा प्रतिपरिवार २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको पालिका अध्यक्ष असीम राईले बताए ।

कोशी बाट थप
गाँजासहित २ महिला पक्राउ 

गाँजासहित २ महिला पक्राउ 

शंकर आचार्य

प्रहरीले २ महिलालाई लागूऔषध गाँजासहित वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका–२ की ४२ वर्षीया इन्द्रकुमारी चेपाङ र ४२ वर्षीया फुलमाया स्याङ्बो छन् । 

मधेशमा जसपा नेपाल संसदीय दलको बैठक सुरु

मधेशमा जसपा नेपाल संसदीय दलको बैठक सुरु

सन्तोष सिंह

मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठक सुरु भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले बोलाएको संसदीय दलको बैठक मधेश भवन मुख्यमन्त्री निवासमा सुरु भएको जसपा नेपालका प्रदेश सांसद राम अशिष यादवले बताए ।

चाँदीका गरगहनासहित युवक पक्राउ 

चाँदीका गरगहनासहित युवक पक्राउ 

शंकर आचार्य

भारतबाट अवैधरूपमा चाँदीका गरगहनाहरु ल्याएका एक युवकलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा फेटा गाउँपालिका–३ का २० वर्षीय रोशन सोनार छन् ।

सामाजिक सञ्जालमा प्रेमजाल : युवतीलाई भारत पुर्‍याउने मानव तस्करको धन्दा

सामाजिक सञ्जालमा प्रेमजाल : युवतीलाई भारत पुर्‍याउने मानव तस्करको धन्दा

शंकर आचार्य

वीरगन्जका मोहम्मद इस्राफिल अन्सारीले बारा कलैया उपमहानगरपालिकाकी एक १४ वर्षीया बालिकासँग सामाजिक सन्जाल इन्स्ट्राग्रामबाट सम्पर्क स्थापित गरे । आफ्नो नाम मुन्ना बताएर निरन्तर सम्पर्क गरेर २६ वर्षीय अन्सारीले ती बालिकालाई फकाउन सफल भए ।

मधेसमा १० महिनामा १५.९६ प्रतिशत बजेट मात्र खर्च

मधेसमा १० महिनामा १५.९६ प्रतिशत बजेट मात्र खर्च

सन्तोष सिंह

सत्ता गठबन्धनमा फेरबदल र प्रशासनिक नेतृत्व पनि बदलिइराख्दा मधेस प्रदेशमा आर्थक वर्ष २०८०/०८१ को १० महिनामा करिब १५.९६ प्रतिशत मात्र बजेट खर्च भएको छ । मन्त्रालयहरुमा सचिव र कर्मचारी समेत पर्याप्त नहुँदा प्रदेश सरकारको बजेट खर्च प्रभावित बनेको हो ।

‘आङ खस्ने समस्या मधेशका महिलामा पनि व्यापक’

‘आङ खस्ने समस्या मधेशका महिलामा पनि व्यापक’

शंकर आचार्य

पाठेघर खस्ने समस्या मधेशका महिलामा समेत व्यापक रहेकाले त्यस सम्बन्धी सचेतना आवश्यक रहेको सरोकारवालाहरुले औंल्याएका छन् । हेल्थ मिडिया प्रालि, नारायणी अस्पताल र राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रको संयुक्त आयोजनामा शनिबार वीरगन्जमा सम्पन्न ‘पाठेघर खस्ने समस्या सम्बन्धी पत्रकार अन्तरक्रिया कार्यक्रम’ मा सरोकारवालाहरुले यस्तो औंल्याएका हुन् । 

मधेस बाट थप
सोमबार वाग्मती प्रदेशमा सार्वजनिक बिदा

सोमबार वाग्मती प्रदेशमा सार्वजनिक बिदा

रासस

वाग्मती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा ल्याउने क्रममा भोलि सोमबार वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय

कान्तिपुर संवाददाता

बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ । 

हेटौंडामा वाग्मती विश्वविद्यालयको कार्यालय स्थापना 

हेटौंडामा वाग्मती विश्वविद्यालयको कार्यालय स्थापना 

प्रताप विष्ट

वाग्मती प्रदेश सरकारले हेटौंडामा वाग्मती विश्वविद्यालयको कार्यालय स्थापना गरेको छ । हेटौंडा उपमहानगरपालिका—८ मा वाग्मती विश्वविद्यालय सम्पर्क कार्यालयको वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार उद्घाटन गरेका हुन् । 

काभ्रेको बेथानचोकमा एक घर जल्यो 

काभ्रेको बेथानचोकमा एक घर जल्यो 

ज्योती श्रेष्ठ

काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर–६ स्थित भुग्देउमा विद्युत् सर्ट आगजनी हुँदा एक घर जलेर नष्ट भएको छ । शनिबार राति १०:४५ बजे स्थानीय सुदीप ओझाको घरमा विद्युत् सर्ट भई आगजनी हुँदा पूर्ण रूपमा क्षति भएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । 

बस्तीमै पुगेर आँखाको शल्यक्रिया 

बस्तीमै पुगेर आँखाको शल्यक्रिया 

ऋषिराम पौड्याल

‘लौ डाक्टर साब मैले त तपाईंलाई छर्लङ्ग पो देखें,’ ७८ वर्षीय कार्साङ लामाले खुशी हुँदै भने, ‘अब त एक्लै घर जान सक्छु ।’ जुगल गाउँपालिका लेकालीबस्ती गोल्चे गाउँका कार्साङ दुवै आँखा देख्ने भएर घर फर्के । मोतियाबिन्दुका दुवै आँखा बन्द भएर घरमै थलिएका उनी संसार देख्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छन् । भन्छन्, ‘मान्छे पनि देउतै रहेछ ।’ 

मेलम्चीको मुहान सार्नेबारे विज्ञसँग छलफल भइरहेको छ : मन्त्री राई

मेलम्चीको मुहान सार्नेबारे विज्ञसँग छलफल भइरहेको छ : मन्त्री राई

अनिश तिवारी

खानेपानी तथा सरसफाई मन्त्री राजेन्द्रकुमार राईले मेलम्ची खानेपानी आयोजनाको मुहान सार्ने विषयहरुमा विज्ञहरुसँग उच्चस्तरीय छलफल भइरहेको बताएका छन् । शनिवार बाढीले ध्वस्त बनाएको मेलम्चीको मुहान क्षेत्र पुगेका मन्त्री राईले अवलोकनपछि मुहान सार्ने विषयमा छलफल भइरहेको खुलाएका हुन् । 

वाग्मती बाट थप
विरोधबीच गण्डकीमा अधिकारीलाई विश्वासको मत

विरोधबीच गण्डकीमा अधिकारीलाई विश्वासको मत

दीपक परियार, प्रतीक्षा काफ्ले

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई प्रदेशसभाको ३० मतको आधारमै विश्वासको मत प्राप्त भएको घोषणा गरिएको छ । ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सदस्यको मत चाहिनेमा सभामुख कृष्णप्रसाद धितालले आइतबार सरकारले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका हुन् । प्रदेशसभाको निर्णयको प्रमुख प्रतिपक्ष कांग्रेसले विरोध गरेको छ ।

बन्द भयो बेनीको समता स्कुल 

बन्द भयो बेनीको समता स्कुल 

घनश्याम खड्का

सस्तो शिक्षा दिने भनी खुलेको उत्तम सन्जेल नेतृत्वको ‘समता शिक्षा निकेतन’ले शिक्षकहरुको तलब र जग्गाको भाडा समेत तिर्न नसकेपछि बेनीमा संञ्चालित समता विद्यालय बन्द भएको छ । बेनी नगरपालिका, ८ अस्पतालमार्गमा स्थानीय अमित श्रेष्ठको जग्गा भाडामा लिएर चलेको विद्यालय चालु शैक्षिक सत्रदेखि बन्द भएको हो ।

पोखरामा मेघ गर्जनसहित वर्षा

पोखरामा मेघ गर्जनसहित वर्षा

दीपक परियार

पोखरामा आइतबार मेघ गर्जनसहित पानी परेको छ । दुई साताभन्दा बढी समयदेखि तुँवालोले ढाकिएको पोखरामा आइतबारको वर्षाले राहत दिएको हो । 

मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा असंवैधानिक : कांग्रेस

मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा असंवैधानिक : कांग्रेस

प्रतिक्षा काफले

गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भनेर सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभामा गरेको घोषणा असंवैधानिक भएको भन्दै विरोध जनाएको छ । प्रदेशसभाको बैठक लगत्तै कांग्रेसले सभामुखले गरेको असंवैधानिक निर्णयलाई अस्वीकार गर्दै कानूनी उपचारको बाटोमा जाने जनाएको छ । 

सर्वोच्चको आदेशमा टेकेर गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत 

सर्वोच्चको आदेशमा टेकेर गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत 

प्रतिक्षा काफले

सर्वोच्चको आदेशमा टेकेर गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत पाएको घोषणा गरिएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको पक्षमा ३० र विपक्षमा २७ मत तथा २ मत तटस्थमा रहेको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे ।

दशकसम्म योजना नबन्दा पानीको हाहाकार

दशकसम्म योजना नबन्दा पानीको हाहाकार

प्रकाश बराल

जैमिनी नगरपालिका–१ टारकी कक्षा ८ पढ्ने सोनम नेपाली साँझ-बिहान गृहकार्य गर्न छाडेर पानी बोक्नु हिँड्नु परेको छ । उनी हरेक दिन बिहान खोल्साबाट एकखेप पानी ल्याएपछि मात्रै विद्यालय जान पाउँछिन् । उनकी छिमेकी सोनु नेपाली पनि पानी बोक्दै समय जाँदा नियमित पढ्न लेख्न नपाएको गुनासो गर्छिन् ।

गण्डकी बाट थप
फरार प्रतिवादी ३५ वर्षपछि पक्राउ

फरार प्रतिवादी ३५ वर्षपछि पक्राउ

दीपेन्द्र बडुवाल

जिल्ला अदालत रुपन्देहीले चोरी मुद्दामा दोषी ठहर गर्दै फैसलामा जरिवाना सुनाइएका एक प्रतिवादी ३५ वर्षपछि पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको टोलीले रुपन्देहीको कञ्चन गाउँपालिका–४ का गोपाल रानामगरलाई ३५ वर्षपछि आइतबार पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले जानकारी दिए ।

पाल्पामा वैशाख महिनामा मात्रै ३ हजार ५ सय ८६ हेक्टर जंगल डढेलोले सखाप

पाल्पामा वैशाख महिनामा मात्रै ३ हजार ५ सय ८६ हेक्टर जंगल डढेलोले सखाप

माधव अर्याल

वैशाख महिनामा पाल्पामा मात्रै ३ हजार ५ सय ८६ हेक्टर जंगल डढेलोले सखाप भएको छ । मानव बस्ती, पक्षी, चौपाया मात्र होइन तीन जना डढेलो निभाउन गएका नागरिक घाइते भएका छन् । 

बर्दघाटमा सुरु भयो साहित्यिक, सांस्कृतिक तथा पर्यटन महोत्सव

बर्दघाटमा सुरु भयो साहित्यिक, सांस्कृतिक तथा पर्यटन महोत्सव

नवीन पौडेल

पश्चिम नवलपरासीको बर्दघाटमा साहित्यिक, सांस्कृतिक तथा पर्यटन महोत्सव सुरु भएको छ ।

रोल्पा र दाङको सीमाना कुर्जामा प्रहरी चौकी स्थापना

रोल्पा र दाङको सीमाना कुर्जामा प्रहरी चौकी स्थापना

काशीराम डाँगी

रोल्पाको दक्षिणी भेगको रुन्टीगढी गाउँपालिकाको झेनाम र दाङको तुलसीपुर उपमहाननगरको सीमामा पर्ने रोल्पाको कुर्जा गाउँमा प्रहरी चौकी स्थापना गरिएको छ । पहिलोपटक चौकी स्थापना भएपछि दुवै जिल्लाको सुरक्षामा सकारात्मक प्रभाव पर्ने ठानिएको छ । 

माडीखोलामा मृत भेटिएका युवाको पहिचान खुल्यो

माडीखोलामा मृत भेटिएका युवाको पहिचान खुल्यो

काशीराम डाँगी

रोल्पा नगरपालिका–२, ६ र ७ वडाको सीमानामा पर्ने माडीखोला पुलको छेउमा शनिबार विहान मृत अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । प्रहरीका अनुसार उक्त शव रोल्पा नगरपालिका–४ का १८ वर्षीय भुवन कँवरको हो ।

लुम्बिनी सरकारको प्रवक्तामा पन्थी

लुम्बिनी सरकारको प्रवक्तामा पन्थी

वीरेन्द्र केसी

लुम्बिनी प्रदेश सरकारको नयाँ प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री दिनेश पन्थीलाई दिइएको छ । 

लुम्बिनी बाट थप
श्रीमतीमाथि बन्चरो प्रहार गर्ने श्रीमान् पक्राउ 

श्रीमतीमाथि बन्चरो प्रहार गर्ने श्रीमान् पक्राउ 

विप्लव महर्जन

ज्यान मार्ने उद्देश्यले बन्चरो प्रहार गरी श्रीमतीलाई गम्भीर घाइते बनाउने श्रीमान्‌लाई प्रहरीले पक्राउ गरेको छ ।

सुत्केरी बचाउन सेनाद्वारा हेलिप्याड निर्माण 

सुत्केरी बचाउन सेनाद्वारा हेलिप्याड निर्माण 

तुलाराम पाण्डे

जटिल अवस्थाका सुत्केरी महिला तथा विपद्मा परेका नागरिकको हवाई उद्धार गर्न नेपाली सेनाको कालीकोटको शुभकालिका-५ सुकाटियामा हेलिप्याड निर्माण गरेको छ । सेनाले चालु आर्थिक वर्षको शीघ्र प्रभाव आयोजना अर्न्तगत विनियोजित १० लाख बजेट खर्च गरेर एक महिनाको अवधिमा हेलिप्याड निर्माण गरी गाउँपालिकालाई हस्तान्त्रण गरेको हो।

सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा सुरु

सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा सुरु

डीबी बुढा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलन वैशाख २२ र २३ गते दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ ।  

अटो वर्कसप तथा मोटरसाइकल सोरुममा आगलागी हुँदा ६ लाख बराबरको क्षति 

अटो वर्कसप तथा मोटरसाइकल सोरुममा आगलागी हुँदा ६ लाख बराबरको क्षति 

विप्लव महर्जन

जिल्लाको शारदा नगरपालिका १ श्रीनगर बजारमा सञ्चालनमा रहेको खैराबाङ भगवती अटो वर्कसप तथा बजाज सोरुममा शुक्रबार बिहान ११ बजे भएको आगलागीबाट ६ लाख बराबरको क्षति भएको छ । 

लागुऔषध मुद्दामा दोषी ठहर भएका २ जना २२ वर्षपछि पक्राउ 

लागुऔषध मुद्दामा दोषी ठहर भएका २ जना २२ वर्षपछि पक्राउ 

विप्लव महर्जन

लागुऔषध मुद्दामा दोषी ठहर भएपछि फरार रहेका दुई जनालाई प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ । बन्गाड कुपिण्डे नगरपालिका-४ का वर्ष ७० का मनबहादुर पुन भन्ने मनवीर पुन मगर र वर्ष ६७ का प्रेमबहादुर पुन भन्ने गोबर्द्धन पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

एमाले जुम्लाको अध्यक्षमा महतको प्यानल निर्वाचित

एमाले जुम्लाको अध्यक्षमा महतको प्यानल निर्वाचित

डीबी बुढा

नेकपा एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका छन् । नवौं जिल्ला अधिवेशनले अध्यक्षमा महतलाई निर्वाचित गरेको हो । अध्यक्ष महतसहित उनको प्यानल पुरै बिजयी बनेको छ । उनले अध्यक्षका अर्का प्रत्यासी धीरेन्द्रराज गिरीलाई ५९ मतान्तरले पराजित गरे ।

कर्णाली बाट थप
सुदूरपश्चिममा ‘हतार नगर्न’ ओलीको निर्देशन

सुदूरपश्चिममा ‘हतार नगर्न’ ओलीको निर्देशन

अर्जुन शाह

सुदूरपश्चिममा मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिन आनाकानी गरेका एमाले सांसदलाई अध्यक्ष केपी शर्मा ओलीले ‘हतार नगर्न’ निर्देशन दिएका छन् । शनिबार काठमाडौं पुगेका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र प्रमुख सचेतक सुरेन्द्रबहादुर पाललाई ओलीले विश्वासको मत लिने समय पर्याप्त बाँकी रहेकाले हतार नगर्न निर्देशन दिएका हुन् । 

सुदूरपश्चिममा विश्वासको मत दिन एमालेको आनाकानी

सुदूरपश्चिममा विश्वासको मत दिन एमालेको आनाकानी

अर्जुन शाह

मुख्यमन्त्रीलाई विश्वासको मत दिन एमाले तयार नभएपछि सुदूरपश्चिममा शनिबार बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन शुक्रबार बोलाएको प्रदेशसभा बैठक अन्तिम समयमा स्थगित गरी शनिबार सारिएको थियो । तर शनिबार पनि एमालेले आनाकानी गरेपछि प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो ।

दोदा नदीमा डुबेर २ को मृत्यु, २ घाइते

दोदा नदीमा डुबेर २ को मृत्यु, २ घाइते

भवानी भट्ट

कञ्चनपुरको बेलौरी नगरपालिका ५ मा दोदा नदीमा शनिबार पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । 

दुई वर्षदेखि ‘लाइसेन्स’ वितरण ठप्प

दुई वर्षदेखि ‘लाइसेन्स’ वितरण ठप्प

भवानी भट्ट

बेलौरीका गोकर्णप्रसाद उपाध्यायले झण्डै एक वर्षअघि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणका लागि आवेदन दिएका थिए । राजस्व तिर्नेदेखि सबै प्रक्रिया पूरा गर्दा पनि उनले अझै सवारी चालक अनुमतिपत्र प्राप्त गरेका छैनन् ।

विश्वासको मतका लागि आह्वान भएको बैठक दोस्रो दिन पनि स्थगित 

विश्वासको मतका लागि आह्वान भएको बैठक दोस्रो दिन पनि स्थगित 

अर्जुन शाह

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि शनिबार आह्वान भएको बैठक पनि स्थगित भएको छ । एमालेले विश्वासको मत नदिने भनेपछि शुक्रबारका लागि आह्वान गरिएको बैठक स्थगित गरी शनिबारका लागि सारिएको थियो ।

एमाले अडानपछि विश्वासको मत लिन बोलाइएको बैठक स्थगित

एमाले अडानपछि विश्वासको मत लिन बोलाइएको बैठक स्थगित

अर्जुन शाह

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन आह्वान गरिएको बैठक स्थगित भएको छ । एमालेले शुक्रबारको तालिकामा विश्वासको मत नदिने बताएपछि पूर्वनिर्धारित प्रदेश सभा बैठक स्थगित भएको छ ।

सुदूरपश्चिम बाट थप

गोदाममै थन्किए कैदीबन्दीले बुनेका मुढा

रुपन्देहीको कोटहीमाइ गाउँपालिका–६ हर्दीका ३० वर्षीय शर्माकुमार चमार केही वर्षदेखि भैरहवास्थित कारागार (जेल)मा बन्दी जीवन बिताइरहेका छन् । निम्न आर्थिक अवस्थाको उनको घरमा सानी छोरी, श्रीमती र बिरामी आमा छन् । जेलमा हुनुभन्दा पहिला उनले मजदुरी गरेर परिवारको गुजारा चलाउने गर्थे ।  

तीन सयलाई आउट गर्ने माही

अन्तर्राष्ट्रिय क्रिकेटबाट महेन्द्रसिंह धोनीले संन्यास लिएको धेरै भइसक्यो । अब त उनी ४२ वर्षका पनि भइसके । अझै आईपीएल खेलिरहेका छन्, चेन्नाई सुपर किंग्सका लागि । जतिजति बेला उनी ब्याटिङका लागि ओर्लिन्छन्, जहाँसुकै खेलेको खेल भए पनि पूरा रंगशाला गुञ्जायमान हुन्छ । सबैले भनिरहेका हुन्छन्– माही, माही । यो कति साह्रो चर्को हुन्छ भने एउटा घटनाले दर्शाउँछ ।

टेबल टेनिसमा ओलम्पिक छनोटको अवसर

सम्भवतः नेपालले टेबल टेनिसबाट ओलम्पिकमा छनोट हुने तेस्रो खेलाडी पाउन सक्नेछ, यदि नेपाली खेलाडीको प्रदर्शन अपेक्षाअनुसार राम्रो रहने हो भने । वैशाख ३१ देखि जेठ २ सम्म नेपालमा दक्षिण एसियाली ओलम्पिक छनोट हुनेछ । नेपालमा ओलम्पिक छनोटको अन्तिम चरण हुन लागेको यो नै पहिलो पटक हो । 

गोलबजारको पहिलो जित

गोलबजार स्पोर्ट्स क्लबले सहिद स्मारक लिग ‘सी’ डिभिजनमा आइतबार पहिलो जित निकालेको छ । सुरुआती पाँच खेलमा दुई अंकमै सीमित रहेको गोलबजारले सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा महावीरलाई २–१ ले स्तब्ध पारेको हो ।

बस्न्यातलाई टर्किस एयरलाइन्स गल्फ कप

कञ्चन बस्न्यातले टर्किस एयरलाइन्स वर्ल्ड गल्फ कप काठमाडौं छनोट जितेका छन् । गोकर्ण गल्फ क्लबमा आइतबार उनले ४२ स्टेबलफोर्ड अंक जोड्दै विजेता बनेका हुन् । योसँगै उनी टर्कीको अन्तलियामा डिसेम्बरमा हुने टर्की एयरलाइन्स वर्ल्ड गल्फ कपका लागि छनोट भएका छन् । 

लखनऊलाई हराएर कोलकाता शीर्ष स्थानमा

उत्कृष्ट प्रदर्शन गरिरहेका सुनील नारायणले ३९ बलमा ८१ रन बनाएपछि कोलकाता नाइट राइडर्सले आइतबार लखनऊ सुपर जायन्ट्सलाई ९८ रनले पराजित गरेको छ । यो जितसँगै कोलकाता अंकतालिकाको शीर्षमा पनि उक्लेको छ ।

'हिरामन्डी'को चर्चापछि मनीषा भन्छिन् : हामीले सक्दो राम्रो गर्ने हो 

‘हिरामन्डी : द डायमन्ड बजार’ को चारैतर्फ चर्चा चुलिरहेका बेला त्यसमा प्रमुख भूमिका निभाएकी मनीषा कोइराला खुसी छिन्, अहिलेसम्म प्राप्त प्रतिक्रियालाई लिएर । नेटफ्लिक्समा रिलिज हुनुअगाडि उनी त्यसको प्रमोसनमा खुबै व्यस्त रहिन् । मनीषा आइतबार राति काठमाडौं आइपुगिन्, सायद केही थाकेकी हुनुपर्छ ।

इजरायलमा अलजजिरालाई प्रतिबन्ध

इजरायलको सरकारले समाचार संस्था अलजजिरालाई प्रतिबन्ध लगाएको छ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आइतबार कतारद्वारा सञ्चालित अलजजिरालाई बन्द गर्ने निर्णय गरेको बताएका हुन् । ‘इजरायलमा अलजजिरालाई बन्द गरिने सर्वसम्मतिले निर्णय गरिएको छ,’ उनले सामाजिक एक्समा उल्लेख गरेका छन् ।

सन् १९९४ मा आजकै दिन : बेलायत–फ्रान्स सुरुङ मार्ग 

सन् १९९४ मा आजकै दिन (मे ६) मा बेलायत र फ्रान्स जोड्ने सुरुङ मार्ग खुला गरिएको थियो । ‘च्यानल टनेल’ नाम दिइएको सुरुङ मार्ग बेलायती महारानी एलिजाबेथ द्वितीय र फ्रान्सका राष्ट्रपति फ्राँस्वा मितेराँले उद्घाटन गरेका थिए । 

बिहार चुनावमा ‘जातीय फ्याक्टर’ निर्णायक

बिहारमा पटनापछिको प्रमुख सहर हो– मुजफ्फरपुर । नेपालसँग सीमा जोडिएका बिहारका जिल्लाको केन्द्र र उत्तर बिहारको अघोषित राजधानी मुजफ्फरपुरलाई मानिन्छ । नेपालको सीमाबाट ८० किलोमिटरभित्र रहेको यस सहरको चुनावी राजनीति अन्यत्रको भन्दा फरक छ । चुनावको मुखमा कांग्रेस वा अन्य पार्टीबाट भाजपामा जानेको संख्या ठूलो देखिँदा यहाँ भने भाजपाबाट लगातार दुई पटक विजयी सांसद कांग्रेस प्रवेश गरेर चुनाव लडिरहेका छन् ।

सन् १७९९ मा आजकै दिन : भारतीय शासक टिपु सुल्तानको मृत्यु 

सन् १७९९ मा आजकै दिन (मे ४) मा भारतीय शासक टिपु सुल्तानको मृत्यु भएको थियो । उनी दक्षिण भारतस्थित मैसुरका मुस्लिम शासक थिए । १७५१ मा भारतको देवनहल्लीमा जन्मिएका सुल्तान ‘टाइगर अफ मैसुर’ को उपनामले चर्चित थिए । 

भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन

भारतीय कम्युनिस्ट पार्टी(सीपीआई) का राष्ट्रिय सचिव अतुलकुमार अन्जानको निधन भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार बिहान लखनऊमा अन्जानको निधन भएको हो । उनी ६९ वर्षका थिए ।

सिटामोलको भरमा औषधि लिमिटेड

औषधिमा टाँस्ने लेबल प्रिन्ट गर्ने मेसिन अलपत्र अवस्थामा छ । उक्त मेसिन राखिएको भवन प्रयोगविहीन भएर जीर्ण बनेको छ । सरकारले निःशुल्क वितरण गर्ने जुका, क्षयरोग, उच्च रक्तचाप, मधुमेह, माइग्रेन, टाइफाइड, निमोनिया, मलेरिया, हैजा, दमलगायतका औषधि उत्पादन गर्ने भवन कवाडीघरमा परिणत भएको छ ।

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन घाइते

काठमाडौँको कीर्तिपुरमा आइतबार भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.