युएई, माघ ४ -
युएईको सरकारले दिएको आममाफी प्रक्रियामा कम नेपालीले सहभागी जनाएको नेपाली दूतावासले जनाएको छ । युएई सरकारले डिसेम्बर ४ देखि फेब्रुअरी ४ सम्मको लागि अवैध रूपमा कार्यरत विदेशी कामदारलाई स्वदेश फिर्न आममाफी दिएको थियो ।
युएईमा भिसाको म्याद गुजारी अवैधानिक बसोबास गरिरहेका विदेशी नागरिकलाई स्वदेश जान चाहेमा युएई सरकारले लिने अतिरिक्त रकम नलिने र पुनः युएई आउन चाहेमा भिसा लगाई आउन सक्ने बताएको छ ।
युएई सरकारको यो कार्यक्रममा थोरै मात्र नेपाली सहभागी हुन सक्ने अहिलेसम्मको आँकडाले देखाएको राजदूत धनन्झय झाले बताए । युएईमा यति नै संख्यामा नेपालीको अवैधानिक रूपमा बसोबास रहेको निश्चित तत्यांक नभए पनि नेपाली दूतावासको अनुमानमा १० हजारको हाराहारी कार्यरत छन् । जसमा २०० हाराहारीमा मात्र नेपालीले यो अवसरको सदुपयोग गरेको झाले बताए । राजदूत झाले यस कार्यको सहयोगको लागि दूतावासले कुनै संस्था व्यक्तिलाई आधिकारिकता नदिएको बताए । 'तर हामी युएईमा रहेका जो कोही नेपालीको यस कार्यका लागि अधिकार रहेको छ,' उनले भने । झाले यो अवसर गुमेमा अवैधानिक बसोबास गरेका व्यक्तिलाई युएई सरकारले कडा कारबाही गर्ने बताए । 'कारबाहीमा पर्नुभन्दा आफै सचेत भएर अवसरको सदुपयोग गर्न अवैधानिक बसोबास गरिरहेका नेपालीलाई आग्रह गर्छु,' उनले भने ।
यसैबीच नेपाल सरकारले भिजिट भिसामा युएई आउन बन्द गरेको जानकारी गराउँदै राजदूत झाले सरकारको मातहतमा रहेको दूतावासले सरकारको निर्णयलाई मान्नुको विकल्प नरहेको बताए । दूतावासले युएईमा आफन्त रहेका व्यक्तिलाई भिजिट भिसा दिन सरकारसँग अनुरोध गरिएको झाले बताएका छन् । - त्रिलोचन कोइराला
प्रकाशित मिति: २०७० जेष्ठ ६ ०५:३०
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?