काठमाडौ, पुस १९ -
गरिबीका कारण आत्महत्या गरेका चितवनस्थित माडीका धनबहादुर परियारको परिवारलाई अमेरिकामा रहेका आप्रवासी नेपालीले १ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
ईकान्तिपुरमार्फत पठाइएको सहयोग मृतक धनबहादुरका १२ सन्तान र पत्नीको लालनपालनका लागि पठाइएको हो । नयाँ वर्ष २०१३ को शुभकामनास्वरूप आर्थिक सहयोग पठाइएको अमेरिकाको न्युयोर्कमा रहेका रक्तदाता अर्जुनप्रसाद मैनालीले बताए ।
'माडीका गरिब स्व. धनबहादुर परियारले आफ्ना १२ बच्चा र श्रीमतीलाई दसैंको बेलामा यथाशक्य खुवाउन नसकी आत्महत्या गरेको थाहा पाउँदा हामी प्रवासमा रहेका नेपालीलाई धेरै दुःख लागेको छ । यस्तो अप्ठ्यारो परिस्थितिमा मृतकका परिवार र साना नानीहरूमा हामीहरूका तर्फबाट समवेदना
छ । ती दुःखी परिवारलाई आगामी दिनमा खर्चको अभाव नहोस् भनी १ लाख पठाएका छौं,' मैनालीले कान्तिपुर संवाददाता सुरज कुँवरलाई फेसबुकमा लेखेका छन् । नयाँ वर्षलाई साइत पारी उपलब्ध गराइएको सहयोगमा अमे रिकामा रहेका कृष्ण बेलबासेले १० हजार, परिता राजभण्डारीले ९ हजार, नगेन्द्र इग्नामबाट ३ हजार ५ सय र अर्जुनप्रसाद मैनालीबाट ७७ हजार ५ सय रुपैयाँ छ ।
प्रकाशित मिति: २०७० जेष्ठ ११ ०५:३०
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
रोकिराख्या हैन भन्या !...
चढिराख्या बाइक हरायो क्या !