Kantipur-qatar

Kantipur

मिति | शुक्रबार, २०७१ श्रावण ९     Login | Register | Issue No. 278
खेलकुद»

पुलिसको खस्कँदो प्रदर्शन

काठमाडौ, मंसिर २८ -
लिगको पाँच चरण सकिदासम्म  पुलिसको खातामा ४ अंक मात्र रहेको छ । डिफेन्डिङ च्याम्पियन पुलिसले सहिद स्मारक 'ए' डिभिजन लिगमा  एक मात्र जित हासिल गरेको छ भने एकमा बराबरी । उसले तीन खेलमा हार बेहोरिसकेको छ । तीनपटकको लिगविजेता पुलिसले ११ अंक गुमाइसकेको छ । यो उसको अहिलेसम्मकै खराब प्रदर्शन हो ।

खेलाडी चोटग्रस्त हुनु, नयाँ खेलाडीको आगमन नहुनु र भरत खवासजस्ता स्टार खेलाडीले छाड्नुले पनि पुलिसको प्रदर्शनमा असर पारेको देखिन्छ । यसै साता पुलिसले विभागीय प्रतिद्वन्द्वी एपीएफसँग पनि हार बेहोर्‍यो । माथिल्लो स्तरको प्रतियोगितामा एपीएफले पुलिसलाई हराएको यो पहिलोपल्ट थियो, त्यसैले पुलिसका लागि यो पीडादायी हारभन्दा कम थिएन । यसअघि पुलिस संकटासँग पराजित भएको थियो, लगभग तीन दशकपछि । मोफसलका साना दुई प्रतियोगितामा मात्र पुलिसलाई एपीएफले हराएको थियो ।

पुलिस टिम अविश्वसनीय रूपमा सहभागी १६ टिममध्ये १४ औं स्थानमा छ । यो रेलिगेसन क्षेत्र पनि हो, यसपल्ट तीन टिम 'बी' डिभिजनमा झर्नेछ । अहिलेसम्म पुलिसले रेलिगेसन क्षेत्र छाड्न सकेको छैन । त्यसो त पुलिस कम्तीमा रेलिगेसनमा त पर्नेछैन, तर एपीएफसँग पराजित भएपछि प्रशिक्षक श्रेष्ठले स्विकारे, 'पुलिस यसपल्ट उपाधिको होडबाट बाहिरएको छ ।' उनले अब सुपरएटका लागि मात्र पुलिसले ताक्ने बताएका थिए ।

केही महिनाअघि एनसेल कपको सेमिफाइनलसम्म पुलिस टिम अपराजितजस्तै थियो । तर सेमिफाइनलमा मनाङ- मस्र्याङ्दीसँग पराजित भएपछि भने पुलिसको प्रदर्शन ओरालो लाग्न थालेको हो ।

त्यसबेला प्रशिक्षक विराटकृष्ण श्रेष्ठ पुलिसले हार्नै हुँदैन भन्ने अभिप्रायले प्रतिक्रिया दिइराखेका थिए । तर लगातारको असफलताले प्रशिक्षक श्रेष्ठमा एनसेलकप ताकाको दम्भ भने छैन ।

पुलिसले ०६० सालबाट लिग खेल्न सुरु गरेको थियो । प्रशिक्षक श्रेष्ठकै नेतृत्वमा पुलिसले ०६३ मा पहिलोपल्ट लिग जित्यो र गत वर्ष उपाधिको ह्याटि्रक पनि गर्‍यो । त्यसमाथि त्यस बर्ष पुलिसले राष्ट्रिय लिग पनि जितेको थियो । त्यति बेला पनि पुलिस प्रशिक्षक श्रेष्ठ बारम्बार आफ्नो खेलाडी  घाइते भएकाले लिग जित्न नसक्ने बताउँदै थिए । त्यो उनको विपक्षीविरुद्धको रणनीति पनि हुन सक्थ्यो । पुलिसलाई रोक्ने कुनै टिम बनेन र उसले लगातार तेस्रोपल्ट विजेता बन्न सफल भयो । तर यसपल्ट त्यस्तो देखिँदैन । पुलिसका लगभग सबै खेलाडी घाइते छन् । यसपल्ट भने प्रत्येक टिमले पुलिसलाई रोक्ने छाँट देखाएको छ । वास्तवमै पुलिसको खेल यसरी कसरी ओरालो लाग्यो

त ? प्रशिक्षक श्रेष्ठले भनेजस्तै यसको प्रमुख कारण खेलाडीहरू घाइते रहनु नै हो । एउटा खेलाडी चोटबाट मुक्त भइसकेको हुन्न, फेरि अर्को खेलाडी घाइते हुन्न । खेलाडीलाई चोटबाट मुक्त हुन समय पनि रहेको छैन । तर खेलाडीलाई लगातार खेलिरहनुपरेको छ । पुलिसको खेल कमजोर हुनुपछाडि यो तात्कालीन कारण भने हो । तर पुलिसको कमजोर प्रदर्शन पछाडि अरू धेरै कारण पनि छन्, जुन चोटग्रस्त खेलाडीको कारणभन्दा पनि ठूला छन् । पहिलो कारण पुलिस प्रशिक्षक र खेलाडीको मानसिकता हो । पुलिसले खेल्ने फुटबलको एउटा ठूलो विशेषता हो, खेलको अन्त्यसम्म पनि हार नमान्ने । यो विशेषताले पुलिस धेरैपल्ट सफल रह्यो ।  त्यस्तै भएका खेलाडीको पनि उमेर ढल्कँदै गएको छ भने नयाँ खेलाडी देखिँदैनन् । यस्तोमा पुलिससमक्ष खस्कँदो साख जोगाउने चुनौती देखिन्छ ।

प्रकाशित मिति: २०७१ श्रावण ९ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

सर्वहारा जीवनशैली ?!... गुन्द्रुक-ढिँडो खानैपर्ने ?... अनि त्यो मासुभात खानुअघि खाने कि खा'पछि ?

विज्ञापन

Radio Kantipur
  हाम्रा प्रकाशनहरु :
Our Publication