Kantipur-qatar

Kantipur

मिति | शनिबार, २०७१ श्रावण १७     Login | Register | Issue No. 279
समसामयिक»

विदेश जानेलाई सस्तो ऋण

दमक, मंसिर ७ -
बैदेशिक रोजगारीमा जान चाहनेहरुले अब  साहुको महंगो ब्याज तिर्नबाट मुक्ति पाउने भएका छन् । प्रवासी झापाली सम्पर्क मञ्च झापाले सहकारी संस्था स्थापना गरेर त्यस मार्फत बैदशिक रोजगारीमा जानेहरुका लागी सरल ब्याजमा रिन प्रवाह गर्ने भएकोले बैदेशिक रोजगारीमा जानेहरुलाई सजिलो हुने भएको हो ।

सोमबार भएको मञ्चको दोस्रो साधारण सभाले प्रवासी झापाली बचत तथा रिन सहकाी संस्था स्थापना गर्ने लगायत अन्य पांचबुधे प्रस्ताव पारित गरेको छ । मञ्चका सदश्य हेमनाथ खतिवडाका अनुसार मञ्चले सञ्चालन गरेको एम्बुल्ोन्समा ज्येष्ठ नागरिकहरुलाई २० प्रतिशत छुट दिने निणर्य गरेको छ । साउदी अरब,कतार ओमन लगायतमा रहेका प्रवासी झापालीहरुको लगानीमा करिब एक बर्ष देखि एउटा एम्बूलेन्स सञ्चालनमा छ ।

सचिब बीर बहादुर दर्नालका अनुसार बैदेशिक रोजगारीमा जान चाहने यूवाहरुका लागी संघले परामर्श केन्द्र सञ्चालन गर्ने र ब्याबशायिक दक्षता अभिबृद्धीका लागी समेत सहयोग गर्ने योजना बनाएको छ । 'बैदेशिक रोजगारीमा जान चाहने यूवाहरुका लागी कृषि,पशुपालन,घरेलु उद्योग जस्ता बिषयमा परामर्श र स्ाीप पनि दिन्छौ'दर्नालले भने । मञ्चले वेभ साइट सञ्चालन गर्ने,सामाजिक सञ्जाल फेसबुक मार्फत प्रवासी झापालीहरुसंग सिधै सम्पर्क गर्ने लगायतका काम गर्ने निणर्य भएको छ । खाडी मुलुकबाट फर्किएका यूवाहरुले प्रवासी झापाली मञ्च गठन गरेर बिभिन्न सामाजिक काम पनि गर्दै आएका छन् ।



 

प्रकाशित मिति: २०७१ श्रावण १७ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

'वीर'लाई 'बिरामी' घोषणा गरेर नि वास्ता गरेन भने... 'अस्पताल'लाई नि 'हड्ताल' घोषणा गर्दिन्छम् !

विज्ञापन

Radio Kantipur
  हाम्रा प्रकाशनहरु :
Our Publication