२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

सोडारी सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त

अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीे मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

सोडारी सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त

प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

सोडारीलाई नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रञ्जिता श्रेष्ठ समूहका सांसद ) र स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।

यसअघि एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने अडान लिएपछि बुधवार दिउँसोसम्म अन्योल थियो । अन्नत: एमालेले सोडारीलाई समर्थन गरेको हो ।



प्रकाशित : वैशाख ६, २०८१ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?