कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसईई सुरु : सुदूरपश्चिममा गत वर्षभन्दा कम परीक्षार्थी

अर्जुन शाह

धनगढी — बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सुदूरपश्चिमबाट ५५ हजार १० जना विद्यार्थी सहभागी भएका छन् । जसमध्ये २७ हजार दुई सय ४४ छात्र र २७ हजार ७ सय ६६ छात्रा सहभागी छन् । 

एसईई सुरु : सुदूरपश्चिममा गत वर्षभन्दा कम परीक्षार्थी

गत वर्षको परीक्षामा ५५ हजार ३७६ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये २७ हजार ८३० छात्रा र २७ हजार ५४६ छात्र थिए । त्यस अघिल्लो वर्षको परीक्षामा सहभागी परीक्षार्थीको संख्या ५४ हजार ५ सय ३७ रहेको थियो ।

यस वर्षको परीक्षाका लागि नौ वटै जिल्लामा गरी दुई सय ११ परीक्षा केन्द्र तोकिएको सुदूरपश्चिम शिक्षा विकास निर्देशक दुर्गादत्त बिष्टले बताए । उनका अनुसार दुई सय ११ केन्द्राध्यक्ष र तीन सय ७४ सहायक केन्द्राध्यक्ष, दुई हजार ७ सय ४३ निरीक्षक, पाँच सय ५५ सहायक निरीक्षक तोकिएका छन् । एउटा परीक्षा केन्द्रमा १५ जना खटिने गरी तीन हजार एक सय ६३ प्रहरी परिचालन हुने बिष्टले बताए । साथै विद्यार्थी सहयोगी एक हजार ९५ गरेर कुल ८ हजार एक सय ४३ कर्मचारी परिचालित हुनेछन् ।

सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीबाट १८ हजार ७ सय २० परिक्षार्थी छन् । कञ्चनपुरबाट १० हजार तीन सय ३५, बैतडीबाट पाँच हजार ८७, अछामबाट चार हजार ९ सय ५०, बझाङबाट चार हजार तीन सय ८०, डोटीबाट तीन हजार दुई सय ९७, बाजुराबाट दुई हजार ९ सय ३४, दार्चुलाबाट दुई हजार ७ सय ५० र डडेल्धुराबाट दुई हजार पाँच सय ५७ विद्यार्थी परीक्षा रहेका छन् ।

प्रकाशित : चैत्र १५, २०८० ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?