२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

मोटरसाइकल दुर्घटनामा दाङमा एकको मृत्यु

दाङ — लमहीमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–७ वनघुस्रीमा रोकिराखेको लु १ ख ९५७० नम्बरको ट्रकसँग प्रदेश ३–०२००९ प ९८५८ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक लमही नगरपालिका–७ बनघुस्रीका ४३ वर्षीय महेन्द्र गिरीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते गिरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित : वैशाख १२, २०८१ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?