२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

राजनीतिक स्थिरताका लागि ठूला दलहरूबीच सहमति आवश्यक : लेखक

भवानी भट्ट

कञ्चनपुर — नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राजनीतिक स्थिरताका लागि प्रमुख दलहरूबीच सहमति र सहकार्य हुनुपर्ने बताएका छन् । उनले अहिलेको सत्ता समीकरणमा भएका दलहरूभित्रै असन्तुष्टि देखिएकाले पनि गम्भीर रुपमा छलफल हुनु आवश्यक भएको बताए । 

राजनीतिक स्थिरताका लागि ठूला दलहरूबीच सहमति आवश्यक : लेखक

‘नयाँ समिकरणबारे एमालेसँग ठोस रुपमा कुरा त भएको छैन,’ सोमबार नेपाल प्रेस युनियनले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता लेखकले भने, ‘सत्ताका लागि मात्रै नभएपनि राजनीतिक स्थितरता र मुलुकका महत्त्वपूर्ण एजेन्डा सम्बोधनका लागि भने एमाले र कांग्रेसबीच संवाद र सहमति आवश्यक छ ।’ उनले राजनीतिक अस्थिरताकै कारण अहिलेको संविधानप्रति नै असन्तुष्टि बढेको बताए ।

लेखकले अहिलेको समीकरणबारे एमाले भित्रै पनि व्यापक असन्तुष्टि देखिएको बताए । त्यसकारण समिकरण विरोधाभास र आशंकाले घेरिएको बताए । उनले सामान्यतया बहुमतको सरकार गठन हुने भएपनि संसदमा कम सिट हुने पार्टीको नेता नै प्रधानमन्त्री र मुख्यमन्त्री हुने अवस्था आएकाले पनि ठूला दलहरूले गहन रुपमा छलफल गर्नुपर्ने बेला भएको बताए ।

‘कांग्रेसले संविधान निर्माणको नेतृत्व गर्‍यो, अब संविधानको समीक्षा गर्ने बेला भएको छ, यसको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्छ,’ लेखकले भने, ‘समयसापेक्ष रुपमा आवश्यक परिमार्जन पनि गर्दै जानुपर्छ ।’ उनले राजनीतिक स्थिरताका लागि पनि आवश्यक परिमार्जन आवश्यक भएको बताए ।

नेपाली कांग्रेसले सहकारीको विवादमा मुछिएका गृहमन्त्री रवि लामिछानेबारे छानबिन गर्न उठाएको माग यथावत रहेको बताए । संसद अधिवेशन सुरु हुँदा यही विषय उठाइने बताए ।

सरकारले हालै सय रुपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेकोमा विषय भने सकारात्मक भएको बताए । उनले संविधानमै समावेश भएको कुरालाई नोटमा छाप्ने कुरा ठीक भएको बताए । कुटनीतिक माध्यमबाट उक्त भूमि फिर्ता ल्याउने विषयमा पनि पहल गर्नुपर्ने उनले बताए ।

नेता लेखकले सिधाकुरा डटकममा प्रकाशित तथा प्रसारित ‘स्टिङ अपरेसन’ बारे सरकारले पनि छानबिन गर्नुपर्ने बताए । अवहेलनासम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेपनि सरकारले आफ्नो हिसाबले अनुसन्धान गर्नुपर्ने बताए ।

प्रकाशित : वैशाख २४, २०८१ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?