तिलोत्तमा — रुपन्देहीको तिलोत्तमामा सामुदायिक वनमा लागेको डढेलो निभाउन गएको दमकलमा आगलागी भएको छ । बुधबार दिउँसो तिलोत्तमा नगरपालिका-८ स्थित करैया सामुदायिक वनमा लागेको डढेलो निभाउन गएको नगरपालिकाको दमकलमा आगलागी भएको हो ।
प्रहरीका अनुसार वनको डढेलोको लप्काले दमकलमा आगलागी भएको हो । दमकलको अगाडिको भाग र इन्जिनमा आगलागीबाट क्षति भएको प्रहरीले जनाएको छ । दमकलको आगो अर्को दमकलले निभाए पनि वनको डढेलो पनि अझै निभिइनसकेको प्रहरीको भनाइ छ ।