स्वतन्त्र रुपमा सहकारीकाण्डको छानबिन हुनु पर्छ : महामन्त्री थापा
कपिलवस्तु — कांग्रेस महामन्त्री गगन थापाले सर्वसाधारणले सहकारीबाट ८० हजार लिए कानुन लाग्ने तर नयाँ पार्टीका 'ठूला नेता' ले ८० करोड ठग्दा पनि कानुन लाग्दैन भन्न नमिल्ने बताएका छन् ।
संवाद यात्राका क्रममा शुक्रबार कपिलवस्तुको तौलिहवा आइपुगेका थापाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रवि लामिछाने प्रति इंगित गर्दै स्वतन्त्र रुपमा सहकारी काण्डको छानबिन गर्नु पर्नेमा आफ्नो पार्टीको जोड रहेको बताए । तर यो प्रकरणमा कांग्रेस चुपचाप बस्नु राम्रो नभएको उनले बताए ।
निर्वाचन अघिको गठबन्धन गलत भएको पुष्टि हुन पुगेको स्पष्ट पार्दै महामन्त्री थापाले अब पार्टी बलियो बनाउन आवश्यक रहेकोमा जोड दिए । उनले नयाँ कानुन बनाएर २०४६ साल पछि सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन हुनु पर्ने बताए ।
प्रकाशित : चैत्र १६, २०८० १७:४५