आफैं चढेको ट्याक्टरले किचेर एक युवकको मृत्यु
हेटौंडा — मकवानपुरमा आफैं चढेको ट्याक्टरले किचेर एक युवकको मृत्यु भएको छ । मकवानपुरको कैलाश गाउँपालिका—१० पुरानोगाउँका ३५ वर्षीय प्रदीप वाइवाको वाग्मती प्रदेश ०३—००१ त ०४१९ नम्बरको ट्याक्टरले किचेर बुधबार राति मृत्यु भएको हो ।
कैलाश गाउँपालिका—१० पुरानोगाउँतर्फ बिजुलीको पोल बोकेर गइरहेको उक्त ट्याक्टरको ट्रलीबाट खसेका वाइबालाई पछाडिको चक्काले किचेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताए । प्रहरीले ट्याक्टरसहित चालक विरमान स्याङ्तानलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया