१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

गाडी र मोटरसाइकल जुध्दा झापामा तीनको मृत्यु 

काठमाडौँ — झापा बोलेरो गाडी र मोटरसाइकल एकआपसमा जुध्दा झापामा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार बिहान करिब ५:२० बजे पूर्व-पश्चिम राजमार्गअर्न्तगत शिवसताक्षी नगरपालिका ८ मा भएको दुर्घटनामा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो । 

गाडी र मोटरसाइकल जुध्दा झापामा तीनको मृत्यु 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००१ च ९३२९ नम्बरको गाडी एक आपसमा जुध्दा तीनको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते उनीहरुलाई उपचारका लागि विर्तामोडको विएण्डसी अस्पताल पुर्‍याएपछि चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतकका आफन्तहरु अस्पताल पुगिसकेको र सनाखतको काम भइरहेको जनाएको छ ।


प्रकाशित : वैशाख १२, २०८१ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?