२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४९

हलेसी तुवाचुङ नगरपालिकामा शैक्षिक गुणस्तरमा सुधार

डम्बरसिं राई

खोटाङ — हलेसी तुवाचुङ नगरपालिकाका सामुदायिक विद्यालयको गुणस्तर सुधार भएको छ । गत वर्षको तुलनामा यो वर्ष गुणस्तर सुधार भएको हो ।

हलेसी तुवाचुङ नगरपालिकामा शैक्षिक गुणस्तरमा सुधार

गत वर्ष ४ देखि ९ कक्षाको वार्षिक परीक्षामा नगर स्तरीय (एसइइ) मोडलमा परीक्षा सञ्चालन सुरु गरिएपछि गुणस्तरमा सुधार आएको नगरप्रमुख विमला राईले बताइन् ।

गत वर्षको परीक्षामा करिब २२ प्रतिशत विद्यार्थी मात्र सबै विषयमा उतीर्ण भएको तर यो वर्ष भने ४०.६३ प्रतिशत उतीर्ण भएका छन् । अन्य ३६.३४ प्रतिशत विद्यार्थीले ग्रेड बृद्धिको परीक्षा दिन पाउने राईले सुनाइन् । २३.०३ प्रतिशत विद्यार्थी भने ननग्रेड देखिएकाले दोहोर्‍याउनु पर्ने भएको छ ।

गत वर्षदेखि हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयको परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन व्यवस्थित गर्न थालेको हो । कक्षा ४ देखि ९ सम्मको वार्षिक परीक्षामा फरक विद्यालयका शिक्षकलाई फरक विद्यालयमा परीक्षा केन्द्राध्यक्ष बनाएर खटाइएको थियो । नगरपालिकाको मातहतमा प्रश्नपत्र बनाउाने र उत्तरपुस्तिका परीक्षण गरी नतिजा प्रकाशन सुरु गरिएको थियो ।

शैक्षिक सत्र २०८०/८१ म कक्षा ४ देखि ९ सम्म नगरपालिकाका सबै सामुदायिक विद्यालयबाट दुई हजार सात सय ५ जना विद्यार्थी परीक्षामा सामेल थिए । यसमध्ये एक हजार ९९ जना विद्यार्थी उतीर्ण भएका हुन् । गत वर्षको तुलनामा यो वर्ष १८ प्रतिशत नतिजा सुधार आएको राईले सुनाइन् ।

प्रकाशित : वैशाख ५, २०८१ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?