कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४९

चुरोट तान्ने युवालाई सुझाव

पाठक पत्र

म काम विशेषले जब घरबाट बाहिर जान्छु, किराना पसलतिर, चिया–दुनोट पसलतिर अनि घरपायकको मन्दिरतिर पुग्दा कलेज पढ्ने युवा (तन्नेरी) बडो रमाइलोका साथ निर्धक्क चुरोट तानिरहेको, खैनी, परागमा रमाइरहेको देख्छु । अझ कतिपय युवा कलेज जाँदा या घरतिर आउँदा बाटैमा पनि सानसँग चुरोट तान्दै हिँडिरहेको पाउँछु ।

चुरोट तान्ने युवालाई सुझाव

घरमा बसेका बेला चुरोट खायो भने अभिभावकले गाली गर्ने डर, कलेजतिर खायो भने शिक्षक–शिक्षिकाले गाली गर्ने डर । यसैले सडक अनि गल्लीतिर गएर चुरोट खाए चिनेजानेका कसैले पनि नदेख्ने हुनाले युवाले यस्तो बाटो अपनाएको हुन सक्छ । अनि सोच्छु कि पढ्ने, लेख्ने बेलाको यस्तो कलकलाउँदो अनि अमूल्य जीवनलाई लात हानेर युवा आखिर किन धूमपानको लतमा लागिरहेका छन् ?

धूमपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा युवाले बुझ्नुपर्ने गम्भीर विषय हो । घरमा अनि कलेजमा पनि अभिभावकले युवालाई धूमपान गर्न हुँदैन, यसले स्वास्थ्यमा असर गर्छ, फोक्सो बिगार्छ, बिस्तारै फोक्सोमा क्यान्सर पनि गराउन सक्छ भनेर सम्झाउनुपर्ने हो । तर व्यवहारमा यस्तो देखिएन । अभिभावकको आँखा छलेरै भए पनि युवाले चुरोटको चुस्की लिइरहेको पाइन्छ ।

यसैले युवा वर्गलाई एउटा सुझाव दिन आवश्यक ठानेको छु कि कसैको लहैलहैमा लागेर, झुक्किएर पनि धूमपान नगरौं, अमूल्य जीवन धूवाँमा नउडाऔं । अहिले लहैलहैमा धूमपान गरेर पछि स्वास्थ्यमा गम्भीर असर पर्दा पछुताउनुपर्छ, स्वास्थ्योपचारका लागि धेरै धन खर्च गर्नुपर्छ ।
– बोधनाथ पौडेल, नयाँ बानेश्वर, काठमाडौं

प्रकाशित : वैशाख ५, २०८१ ०५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?