३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

थुनामा रहेका एमाले नेता रायमाझी अस्पतालबाट डिस्चार्ज

काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहँदै स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका एमाले नेता टोपबहादुर रायमाझी डिस्चार्ज भएका छन् ।

थुनामा रहेका एमाले नेता रायमाझी अस्पतालबाट डिस्चार्ज

थुनामा रहँदा रिंगटा लागेर रक्तचाप कम हुने समस्या देखिएपछि बुधबार राति त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना गरिएका रायमाझीलाई शुक्रबार साँझ डिस्चार्ज गरिएको हो । अस्पतालका प्रमुख डा. रत्नमणि गजुरेलले रायमाझीको सबै समस्याको जाँच सकिएको र अस्पताल राख्नुपर्ने नदेखिएपछि डिस्चार्ज गरिएको बताए ।

अस्पतालका अनुसार रायमाझीको मुटुको चालमा समेत गडबडी देखिएको थियो । उनको उपचारमा मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेललगायत सामेल थिए ।

प्रकाशित : चैत्र १६, २०८० २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?